२० लाख घुस लिँदालिँदै दुई इन्जिनियर पक्राउ
काठमाडौं : सडक डिभिजन कार्यालय चकचके प्युठानमा कार्यरत दुई इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन्। डिभिजन कार्यालय प्रमुख (सीडीई) धुब्रकुमार श्रेष्ठ र इन्जिनियर निरज महर्जन मंगलबार पक्राउ परेका हुन्।
सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएवापत २० लाख घुस लिएपछि उनीहरु पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले नयाँ बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट श्रेष्ठ र महर्जनलाई पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान सुरु भएको छ। २० लाख रकमसहित पक्राउ परेका उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढ्नेछ।