चितवनमा गैंडा पार्क

चितवनमा गैंडा पार्क

चितवन : ३० फिट उचाइ र ४० फिट लम्बाइको अग्लो गैंडाको मूर्ति। गैंडाभित्र सेल्फी खिच्दै रमाइलो गर्न पाइने। पहिलो तलामा पर्यटक सूचना केन्द्र र दोस्रो तलमा संग्रहालय। अबको तीन वर्षपछि पर्यटकले चितवनको मेघौलीमा यसको मज्जा लिन पाउनेछन। त्यसमा सेल्फी लिएर रमाउने गरी पर्यटकीय आकर्षणका लागि मेघौलीमा २ तले गैंडाको मूर्ति निर्माण थालिएको हो।

यहाँ विश्वकै अग्लो गैंडाको मूर्ति बनाइनेछ। मूर्तिको लागत दुई करोड ९० लाख रुपैयाँ छ। उक्त मूर्तिको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरे। पौडेलले पर्यटन बिना आर्थिक विकास सोच्न नसकिने बताए। ‘सधैं एउटै कुरा देखाएर पर्यटक आउँदैनन्’, उनले भने, ‘मेघौलीका लागि राइनो पार्कले नयाँ तरंग ल्याउनेछ।’

भरतपुर महानगरपालिका–२७ स्थित मेघौली विमानस्थल नजिक पाँच सय ५० बिघा क्षेत्रफलमा राइनो गैंडा पार्क निर्माण हुनेछ। त्यसका लागि डीपीआर तयार भइसकेको छ। पार्क निर्माणमा भ्याटबाहेक करिब २३ करोड रुपैयाँ खर्च हुने अनुमान छ। त्यसमा मुख्य आकर्षण गैंडाको मूर्ति हुनेछ। पर्यटक संख्या र बसाइ अवधि लम्ब्याउने उद्देश्यले गैंडा पार्क निर्माण गर्न लागिएको हो।

यहाँ करिब २५ बिघामा ताल र ५० बिघामा घाँसे मैदान निर्माण गरी ताल र वन्यजन्तु हेर्न मिल्ने गरी तालमाथि अग्लो फलामे संरचना ‘क्यानोपिकवाक’ तयार गरिनेछ। ताल र घाँसेमैदानमाथि १५ फिट उचाइमा करिब डेढ किलोमिटर हिँडेर माथिबाट सहजै वन्यजन्तु अवलोकन गर्न मिल्ने गरी बनाउन लागिएको हो। मेघौलीमा रहेका चार वटा मध्यवर्तीलाई एक बनाइएको छ।

पार्कका योजनाकार चितवन पर्यटन विकास समितिका पूर्वमहासचिव विश्वराज सुवेदीले पर्यटकका लागि फरक स्वाद पस्किन खोजेको बताए। ‘फरकपन नभए पर्यटक आउने सम्भावना न्यून हुन्छ’, सुवेदीले भने, ‘पर्यटकका लागि यो नेपालमै नौलो हुनेछ।’ उनका अनुसार गैंडा पार्कमा पर्यटन सूचना केन्द्र, जैविक विविधता अध्ययन केन्द्र, भ्यु टावर, चिल्डेन पार्कलगायत संरचना निर्माण गरिनेछ।

प्रदेश ३ को उत्कृष्ट १० गन्तव्यमा मेघौली रहेको छ। टाइगर टप्स जंगल लजका कारण मेघौली चर्चामा छ। टाइगर टप्सको स्थापनाबाट जंगल सफारीको सुरुवात भएको मानिन्छ। मेघौलीको गोलाघाटमा सूर्यास्तको दृश्य हेर्न पर्यटक आउने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.