२०२१ मा ‘लन्च’ हुँदै  वायरलेस आइफोन

२०२१ मा ‘लन्च’ हुँदै  वायरलेस आइफोन

काठमाडौं : एप्पलले २०२१ मा ‘लन्च’ गर्न लागेको नयाँ आइफोन पोर्ट बिनाको हुनेछ। टेक एनालिस्ट मिंग ची क्योले हालै ‘लन्च’ गरेको एक रिर्पोटमा २०२१ मा अमेरिकी  कम्पनीले वायरलेस आइफोन लन्च गर्ने तयारीमा रहेको बताएका छन्।

अन्य मोबाइलको जस्तै अहिले आइफोन चार्ज गर्नका लागि आइफोनमा पनि यूएसबी पोर्टको प्रयोग गरिन्छ। तर अब भने कम्पनीले युएसबी र्पोट हटाएर बिना र्पोटको आइफोन बजारमा ल्याउने तयारी गर्दैछ। पुरानो मोडलको तुलनामा यो बढी आकर्षक हुनेछ र लाइटिंग पोर्ट राखिने छैन। 

बजारमा आउने नँया आइफोन ६.७ इन्च, ६.१ इन्च र अर्को सुरुवातीमा ५.४ इन्च को हुने अनुमान गरिएको छ। सबैमा ६ गिगा हर्ज र ५ जी एमएम वेभ सर्पोट जडान गरिएको हुनेछ। 

क्यो का अनुसार २०२० मा नयाँ आइफोन एस ई लाई पहिलो चरणमा नै एपल आइफोन एस ई २ बनाएर लन्च गरिनेछ। सो आइफोन ४.७ इन्चको डिस्प्लेसहित विभिन्न ८ किसिमका साइज र डिजाइनमा बजार भित्रिने छन्। फोनमा अपडेटेड सिंगल क्यामरासहित अन्य थुप्रै व्यवस्था रहने क्यो ले बताएका छन्।
 
जे पी मोर्गनको रिर्पोट अनुसार २०२१ सम्म आइफोन लन्च हुने तरिकामा विभिन्न परिवर्तन आउनेछ। कम्पनीले वर्षमा एक पटक मात्र आइफोन बजारमा ल्याउने गरेको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.