८ वर्षीया मिहिकाले बनाइन् स्मार्ट ‘स्टिक’
![८ वर्षीया मिहिकाले बनाइन् स्मार्ट ‘स्टिक’](https://annapurnapost.prixacdn.net/media/albums/Mihika-Sharma-smart-s_20191211142413_6T1MIx5iij.jpg)
दृष्टिबिहीन मानिसको जीवनमा अनेक अप्ठ्यारा आइपर्छन्। सामान्य मानिसले त्यो जीवन कल्पनासम्म गर्न सक्दैनन्। उनीहरुको जीवन सधैं चुनौतीपूर्ण हुन्छ। तीनै दृष्टिबिहीनका लागि ८ वर्षीया भारतीय बालिका मिहिका शर्माले स्मार्ट स्टिक बनाएकी छन्।
विशेष गरी दृष्टिबिहीन मानिसका लागि उनले फरक किसिमको लौरो बनाएकी हुन्। २०१६ मा उनको जीवनमा घटेको एक घटना उनको प्रेरणाको स्रोत बनेको छ। आफूले एक दृष्टिबिहीन व्यक्तिको मद्दत गर्दै गर्दा पनि समस्यामा परेका थिए। यही घटना पश्चात उनको जीवनमा परिवर्तन आएको उनी बताउँछिन्। दुष्टिबिहीनका लागि केही गर्ने चाहना र उत्सुकता उनमा विकास भयो।
स्मार्ट स्टिकमा दुईवटा अल्ट्रा सोनिक सेन्सर र राखिएको छ। जसले बाटोमा आइपर्ने बाधा अवरोध सजिलै पत्ता लगाउन सक्छ। स्टिकमा पानीको सेन्सर पनि जडान गरिएको छ। जसले पानी, कुवा भएको ठाउँ नजिकै जाँदा मानिसलाई कम्पनमार्फत संकेत दिने गर्छ।
यसका साथै यसमा बाटोको निर्देशन, जीपीएस र ब्लुटुथको सुविधा राखिएको छ। जस बाट सजिलै आफ्नो मोबाइलमा जोड्न सकिन्छ। यसलाई सरल थ्री डी प्रिन्टिङ प्रोसेसबाट तयार पारिएको हो। र यसमा एलइडी लाइट पनि जडान गरिएको छ।
उनले बनाएको स्मार्ट स्टिकका लागि उनी बीटी पायोनियर (५ हजार पाउण्ड) अर्वाडबाट सम्मानित भएकी छिन्। स्मार्ट स्टिक बनाउनका लागि उनका दाइ अ¥नवले उनको मद्दत गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)