अतिक्रमणको चपेटामा संरक्षित क्षेत्र

अतिक्रमणको चपेटामा संरक्षित क्षेत्र

काठमाडौं : प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको संरक्षित क्षेत्रहरू चौतर्फी अतिक्रमणको चपेटामा परेका छन्। राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेका हुन्।

संरक्षित क्षेत्रको विभिन्न स्थानमा संरक्षित क्षेत्र अतिक्रमण गरी मानव बस्ती बसोबास भएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार तीन हजार आठ सय ७५ दशमलव ९८ हेक्टर अतिक्रमण भएको छ। तर अतिक्रमित क्षेत्र नियन्त्रणमा भने सरकारको ध्यान पुग्न सकेको छैन। विभागअन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र छ। विभागको तथ्यांक अनुसार सबैभन्दा बढी बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र अतिक्रमण भएको छ। सो क्षेत्रमा एक हजार आठ सय ८२ दशमलप ७७ हेक्टर क्षेत्र अतिक्रमण भएको छ।

यस्तै चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र १२११.१९ हेक्टर, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र ४१०.६६ हेक्टर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र १६१.४ हेक्टर क्षेत्र अतिक्रमण भएको छ। पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र १९० हेक्टर र लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र १९.९६ हेक्टर अतिक्रमण भएको छ। यसका साथै ढोरपाटन शिकार आरक्षण, शिवपुरी राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्रमा समेत अतिक्रमण भएको विभागको भनाइ छ।

अतिक्रमित क्षेत्र नियन्त्रणको जिम्मा सम्बन्धित निकायमै रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले बताए। ‘जुन संरक्षित क्षेत्रमा अतिक्रमण भएको हो, सोही क्षेत्रअधिकारभित्र रहेको निकायले नियन्त्रण गर्नुपर्ने कानुनी व्यवस्था छ’, उनले भने, ‘सम्बन्धित निकायले नियन्त्रणको प्रयास गरिरहेको छ।’ अतिक्रमण कार्य रोकथामका लागि स्थानीय तह तथा अन्य निकायसँग समन्वय आवश्यक रहेको उनले बताए।

अतिक्रमित क्षेत्रमध्ये गत आर्थिक वर्षमा एक सय छ हेक्टर नियन्त्रण गरिएको थियो। जसमध्ये पर्सा ६५ हेक्टर, ढोरपाटन शिकार आरक्षण ४१.०१४ हेक्टर र शिवपुरी राष्ट्रिय निकुञ्जमा ०.०२२ हेक्टर नियन्त्रण गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार संरक्षित क्षेत्रमा जुनसुकै पदार्थको घर, छाप्रो, आ श्रय वा अरू आकार बनाउन वा भोग गर्न पाउँदैन। कुनै भू–भाग कब्जा गर्न, सफा गर्न, आवादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्नसमेत पाउँदैन।

थप अतिक्रमण हुन नदिन विभिन्न कार्यालयबाट नियमित रूपमा अतिक्रमित क्षेत्रको अनुगमन समेत भइरहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। थप अतिक्रमण हुन नदिन सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य भइरहेको छ। पुरानो अतिक्रमण हटाउन विस्तृत कार्ययोजना तयार गर्नेक्रममा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.