प्रहरी परिवार आवास भवन बन्दै

प्रहरी परिवार आवास भवन बन्दै

भक्तपुर : समुदाय प्रहरी साझेदारीअन्तर्गत जिल्लाको मध्यपुर थिमि नगरपालिका ६ स्थित कुन्डोलमा प्रहरी परिवार आवास भवन भन्ने भएको छ । महानगरीय प्रहरी वृत्त ठिमीअन्तर्गत सञ्चालन हुने उक्त भवनमा पहिलो चरणमा १० घरपरिवारले आवास पाउनेछन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले उक्त आवास गृह समुदाय प्रहरी साझेदारीअन्तर्गत बन्ने देशकै पहिलो भएको दावी गरे । उक्त आवास प्रहरी संगठनका हबल्दार तथा सिपाहीका परिवारका लागि बनाउन लागिएको उनले बताए । 

उनका अनुसार उक्त आवासमा एक परिवारलाई एउटा कोठा र अर्को भान्छा गरी दुइटा कोठा उपलब्ध गराइनेछ । त्यस्तै उक्त आवासमा करिब ८० जना क्षमताको मनोरञ्जन एवं बैठक कक्ष र एउटा बालमैत्री कोठासमेत हुनेछ ।

प्रहरी संगठनमा उच्च पदस्थ अधिकृतका लागि प्रहरी संगठनकै आवासको व्यवस्था छन् तर तल्लो तहका कर्मचारीलाई आवास सुविधा उपलब्ध छैन । जसले गर्दा उनीहरु भाडामा बस्न बाध्य छन् । निजी घरमा भाडा लिएर बस्दा एक प्रहरी हबल्दार तथा सिपाहीको मासिक तलबको ३० देखि ४० प्रतिशत रकम भाडामा खर्च हुन्छ । जसले गर्दा उनीहरुले आफ्नो घरपरिवारको आवश्यकतालाई कटौती गर्नुपर्ने बाध्यता छ।

'तल्लो तहका प्रहरी कर्मचारीको त्यहीं समस्यालाई निराकरण गर्न समुदाय प्रहरी साझेदारीअन्तर्गत प्रहरी परिवार आवास भवन बनाउन लागेका हौं,' प्रहरी नायब उपरीक्षक कोइरालाले भने, 'प्रहरीकै आवासमा बस्न घर भाडाको रकम छोराछोरीको शिक्षा तथा स्वास्थ्य एवं जिविकोपार्जनमा खर्च गर्न पाइन्छ । यसले गर्दा उनीहरुले उच्च मनोबलका साथ काम गर्ने विश्वास लिएका छौं ।'

उनले उक्त आवासलाई २५ प्रहरी परिवार क्षमतासम्मको पुर्‍याउने जानाकारी दिए । 'प्रहरी संगठनकै लागि यो नयाँ सोच हो, प्रहरी नायब उपरीक्षक कोइरालाले थपे, 'त्यसैले नमुना योजनाको रुपमा पहिलो चरणमा दस प्रहरी परिवारको लागि आवास निर्माण गर्न गर्छौं।'

उक्त प्रहरी परिवार आवास निर्माणको लागि मध्यपुर थिमि नगरपालिकाले करिब आठ आना जग्गासँगै एक करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।मध्यपुर थिमि नपा ६ कुन्डोलस्थित करिब सात रोपनी पर्ती जग्गामध्ये प्रहरी परिवार आवासको लागि करिब आठ आना जग्गा उपलब्ध गराइने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

उनले बिहीबार एक कार्यक्रमबीच उक्त प्रहरी परिवार आवासको जग शिलान्याससमेत गरेका छन् ।उक्त अवसरमा प्रमुख श्रेष्ठले आवास गृहको लागि विनियोजन गरिएको रकम नपुग भए थप उपलब्ध गराइने आश्वासन दिए ।

नपाले स्थानीय दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा प्रहरी परिवार आवास निर्माण उपभोक्ता समिति बनाएको छ । उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले तीनदेखि पाँच महिनाभित्र उक्त आवास निर्माण सम्पन्न गर्ने जानकारी दिए ।नमुना योजना भएकाले समयमै उक्त भवन निर्माण पूरा गर्न समुदाय क्रियाशील हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.