मालपोत सुब्बाविरुद्ध घुस मुद्दा
काठमाडौं : मालपोत कार्यालय काभ्रेपलाञ्चोकका नायव सुब्बा रोसकाजी जस्पाउविरुद्ध मुद्दा दायर गरिको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुब्बा जस्पाउविरुद्ध घुस मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनले खरिद बिक्री भएको जग्गाको राजस्व र लाभकरसमेत दाखिला गरी जग्गाधनी प्रमाण पूर्जा लिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएका थिए। उनलाई अख्तियारको टोलीले २० हजार घुस लिदा लिदै पक्राउ गरेको थियो।
राजस्व, लाभकर संकलन एवं लिखत पारित लगायतको काम गरेको भनि नियमानुसार गरिसकेको कामको लागि विभिन्न बहाना बनाई घुस रकम माग गरी अप्ठेरोमा पारी घुस दिन बाध्य बनाएको अख्तियारको दाबी छ।
उनीविरुद्ध २० हजार बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।