१९ जिल्लाका सीडीओ अब सहसचिव
काठमाडौं : सरकारले थप १९ जिल्लाका सहसचिवलाई सीडीओ बनाउने भएको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारको निर्णय सार्वजनिक गरेको हो।
डडेल्धुरा, पाँचथर, दोलखा, लमजुङ, अर्घाखाँची, प्यूठान, सल्यान, रोल्पा, बैतडी, पर्वत, जाजरकोट, भोजपुर, खोटाङ, रामेछाप, दैलेख, अछाम, संखुवासभा, ओखलढुंगा, जुम्लासमेत १९ जिल्लामा राजपत्रांकित
प्रथम श्रेणी अधिकृतस्तरको सहसचिवलाई सीडीओ बनाउने निर्णय भएको जानकारी दिए।
तत्कालीन ती जिल्लामा काज सीडीओ खटाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए। ती जिल्लामा अहिलेसम्म उपसचिव सीडिओ रहदै आएका थिए।