नियम विपरित सीमा क्षेत्रमा एसएसबीको पोष्ट

नियम विपरित सीमा क्षेत्रमा एसएसबीको पोष्ट

परासी : सीमा जोडिएका पश्चिम नवलपरासीको दसगजा क्षेत्रमा भारतीय एसएसबीले नियम विपरित पोष्ट स्थापना गरेको छ। नेपाल प्रवेश गर्ने विभिन्न नाकाका दसगजा क्षेत्रमै टाँसेर पोष्ट स्थापना गरेको पाइएको हो।

पश्चिम नवलपरासी भारतको उत्तर प्रदेश र बिहारसँग सीमाना जोडिएको छ। सीमा क्षेत्र जिल्लाको पाल्हीनन्दन गाउँपालिका-५ को चिमनटोलादेखि सुस्तासम्म छ। साढे २७ कि. मि. लामो सीमा क्षेत्रका केही स्थानमा एसएसबीले दसगजाको जमिनमै पर्ने पोष्ट निर्माण गरेको प्रमुख जिल्ला अधिकरी शम्भुप्रसाद मरासिनीले बताए। त्यसबारे सम्बन्धित निकायमा जानकारी गराउने उनले बताए।

झाडी र खोल्साका कारण दसगजा क्षेत्रको दायाँ/बायाँ क्षेत्र कति हो भन्न पनि स्पष्ट नहुँदा भारतीयले दसगजा र गौचरन क्षेत्रमा खनजोत गरी खेती गर्ने गरेको नर्सहीका प्रेम गुप्ताले बताए। 

सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ३ वटा बिओपी कार्यालय मात्र छन्। भारततर्फ भने एसएसबीका १० बढी पोष्टहरु रहेका छन्। सीमा क्षेत्रमा बिओपी कार्यालय कम भएपछि अहिले पाल्हीनन्दन गाउँपालिकाको गेर्मीमा एउटा कार्यालय स्थापनाको तयारी गरिएको सशस्त्र प्रहरी बल गण हेडक्वाटर (नं.२६) पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले बताए। अर्को कार्यालय भूजहवामा राख्ने गरी जिल्लास्थित सुरक्षा समितिबाट प्रस्ताव गरी पठाइएको खनियाले जानकारी दिए।

यसैबीच जिल्लास्थित सुरक्षा अधिकारीको संयुक्त अनुगमन टोलीले दसगजा क्षेत्रमा निर्माण गरिएका केही सीमा स्तम्भ (पिलर)हरुको रङ र नम्बर मेटिएको अवस्थामा पाएको छ। सीमा क्षेत्रमा १३ वटा प्रमुख र ३ वटा सहायक गरी १६ वटा सीमा स्तम्भहरु छन्। सीमा स्तम्भको मर्मत सम्भार दुबै देशले गर्नुपर्ने प्रावधान छ। सीमा स्तम्भबारेमा पनि सम्बन्धित निकायमा जानकारी गराउने मरासिनीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.