फेसबुकबाट सीधै गुगल फोटोजमा

फेसबुकबाट सीधै गुगल फोटोजमा

सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ टुल लिएर आएको छ। उक्त टुलले दिने सुविधाअन्तर्गत फेसबुकमा भएका फोटो वा भिडियोलाई सीधै गुगल फोटोजमा सार्न सकिनेछ। 

हालका लागि फेसबुकले यो फिचर आयरल्यान्डमा सुरु गरिसकेको छ भने सन् २०२० बाट विश्वमा भएका सबै प्रयोगकर्तालाई यो सुविधा उपलब्ध हुने जनाएको छ। फेसबुकका अनुसार डाटा ट्रान्सफर योजनाकै एक हिस्साका रूपमा यो सुविधालाई विकास गरिएको छ। गुगल फोटोजजस्तै फुसबुकले आफ्नो डाटा ट्रान्सफर प्रोजेक्टमा एपल, गुगल, माइक्रोसफ्ट र ट्वीटरसँग सहकार्य गरेर एकअर्कासँग डाटा ट्रान्सफर गर्ने आम तरिका उपलब्ध गराउने जानकारी दिएको छ। प्रविधिसम्बन्धी वेबसाइट ‘सी–नेट’का अनुसार फेसबुकले यो प्रोजेक्ट ल्याउनुको उद्देश्य प्रयोगकर्ताको सजिलोको लागि हो। फरक–फरक सञ्जाललाई एकअर्कासँग सहकार्य गराएर डाटा ट्रान्सफर गराउनु हो।

डाटा ट्रान्सफर प्रोजेक्ट भने एउटा खुला प्लेटफर्म हुने फेसबुकले दाबी गरेको छ। यसको सहयोगले आफ्नो आवश्यकताअनुसार प्रयोगकर्ताले डाटालाई यताउता गर्न सक्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.