अन्तरिक्षमा होटल

अन्तरिक्षमा होटल

विश्वमा यात्रु बस्ने धेरै होटल छन्। तर, अब अन्तरिक्षमा पनि यो सुविधा हुने भएको छ। नासाले अन्तरिक्षमा होटल बनाउने निर्णय गरेको छ। तर, यो होटल मानिसका लागि नभई रोबोटका लागि हुनेछ। त्यसैले यसको नाम ‘रोबोट होटल’ राखिएको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो अबको योजनामा रोबोट होटल पनि सामेल गर्नेछ। यसलाई अन्तर्राष्ट्रिय रोबोट स्टेसनबाहिर राखिनेछ। यो रोबोट उपकरणका लागि एक सुरक्षित एकाइ हुनेछ।

यो होटलमा स्पेक्ट्रोमिटरको आउटफिट हुनेछ, जसमा एमोनियाजस्तो ग्यास सुँघ्ने क्षमता पनि हुनेछ। यी उपकरणको माध्यमले स्टेसनमा हुने लिक पत्ता लाग्नेछ।

उपग्रहको मर्मत गर्न रोबोट

अन्तरिक्षमा टुटेफुटेका उपग्रहको मर्मत गर्न मानिसलाई पठाउनु धेरै खर्चिलो हुन्छ। हालै रोबोटिक उपग्रहमा काम गर्ने अनुसन्धानकर्ताले रोबोट अपग्रहसम्म जान सक्ने र यसको मर्मत गर्नुका साथै यसमा इन्धन पनि भर्न सकिने बताएका छन्।

अमेरिकाको सिनसिनाटी विश्वविद्यालयका प्राध्यापक ओउ माले भनेका छन्, ‘ठूला उपग्रह महँगा हुन्छन् र इन्धन सकिनेबित्तिकै काम गर्न बन्द गर्छन्। मानिसलाई त्यहाँ पठाएर उपग्रहको मर्मत गर्नु धेरै खर्चिलो काम हो। यस्तो अवस्थामा रोबोट सबैभन्दा उपयोगी साबित हुनेछ। यसले सजिलै उपग्रहको मर्मत गर्न पनि सक्छ।’

आफ्नो प्रयोशालामा ओउ मा र सिनसिनाटी विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता अनुस सथयानले रोबोटिक नेटवर्क विकास गरिरहेका छन्। नयाँ अध्ययनको रिपोर्टअनुसार रोबोटको एक समूहलाई यस कार्यको परीक्षणका लागि राखिएको छ। जर्नल रोबोटिकमा प्रकाशित निष्कर्षले पाँच रोबोटको उपयोग गरेर सामूहिक कार्य सजिलै पूरा गर्न सकिने जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.