गाथा ग्रेटाको

गाथा ग्रेटाको

जलवायु परिवर्तन र यसले पुर्‍याउने असरबारे विश्वभर सचेतना फैलाउने अभियानमा संलग्न ग्रेटा थनबर्ग टाइम पत्रिकाको वर्ष व्यक्ति बनेकी छन्। टाइमले आफ्नो इतिहासमै पहिलो पटक सबैभन्दा कम उमेरको व्यक्ति ग्रेटालाई वर्ष व्यक्ति घोषणा गरेको जनाएको छ।

स्विडेनकी १६ वर्षीया यी किशोरीले स्विडेनबाटै ‘फ्राइडे फर फ्युचर वा स्कुल स्टाइक फर क्लाइमेट’ अभियान सुरु गरेकी थिइन्। सन् २०१८ को अगस्टदेखि उनले हरेक साताको शुक्रबार विद्यालय जान छाडिदिइन्। त्यस दिन उनले स्विडेनको राजधानी स्टकहोममा रहेको संसद् भवनको बाहिर बसेर एउटा ब्यानर समातेर प्रदर्शन गर्ने गरेकी थिइन्। यही प्रदर्शनमार्फत उनले नेताहरू र आमजनतालाई विश्व बचाउन अपिल गर्ने गर्थिन्।

सोही वर्षको नोभेम्बरमा २४ देशका करिब १७ हजार छात्राले उनको अभियानमा ऐक्यबद्धता जनाए। यसपछि उनले विश्वका विभिन्न ठाउँमा हुने ठूलाठूला सम्मेलनमा भाग लिन थालिन्। सन् २०१९ को अगस्टसम्म उनको अभियानमा भाग लिने बालबालिका एवं विद्यार्थीको संख्या ३६ लाखभन्दा बढी भइसकेको थियो।

ग्रेटाले यो अभियानको सुरुआत आफ्नै घरबाट गरेकी थिइन्। उनले कार्बन उत्सर्जन घटाउने उद्देश्यले आफ्ना आमाबुवालाई सकेसम्म कमै मात्र हवाई यात्रा गर्न र मासु नखान अनुरोध गरिन्।

एउटा टेलिभिजन च्यानलले अन्तर्वार्ताका क्रममा तपाईंलाई अहिलेको समयमा विद्यालयमा हुनुपर्छ जस्तो लाग्दैन भनेर सोध्दा उनको जवाफ थियो, ‘दुनियाँ नै बचेन भने स्कुल जानुको मतलब हुँदैन। मैले जे गरिरहेको छु, त्यो स्कुल जानुभन्दा बढी जरुरी छ।’

उनले संयुक्त राष्ट्र जलवायु सम्मेलनमा सम्बोधन गरेपछि विश्वभरका नेताहरू ग्रिन हाउस ग्यासको उत्सर्जन गर्न असफल रहेको आरोप लगाइन्। आफ्ना पुस्ताका मानिसप्रति ती नेताहरूले विश्वासघात गरेको पनि उनले बताइन्।

सन् २००३ मा जन्मिएकी ग्रेटा एक वर्षका लागि आफ्नो पढाइ स्थगित गरी जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउन व्यस्त छिन्। उनकी आमा ओपेरा गायिका हुन् भने बुवा अभिनेता। उनी यस वर्षको नोबेल शान्ति पुरस्कारको मनोनयनमा समेत परेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.