श्रम स्वीकृति दिँदा घुस लिनेविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्डेन लाइट ट्राभल्स एण्ड टुर्स काठमाडौं संचालक विनोदकुमार भूजेलसहित ५ विरुद्ध घुस मुद्दा दायर गरेको छ।
श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहाचल जाँदा विभिन्न बहाना बनाई निवेदकसँग घुस लिएको अरोपमा बसन्त श्रेष्ठ, बुध्द तामाङ, अजय नगर्जी परियार र प्रहरी जवान रमेश सिंह विष्टविरुद्ध मुद्दा दायर गरिएको हो।
प्रतिवादी पाँचै जनाको मिलोमतोमा सेवाग्राहीको जापान जाने श्रम स्वीकृतिको काम छिटो गरिदिने २२ हजार घुस लिएको तथ्य पुष्टि भएको अख्तियारको दाबी छ। पाँचै जनाविरुद्ध