कांग्रेस बैठक विवादमै : महाधिवेशन कार्यतालिका १५ पुसभित्रै ल्याइने

कांग्रेस बैठक विवादमै : महाधिवेशन कार्यतालिका १५ पुसभित्रै ल्याइने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठक सम्पन्न भएको छ ।

बैठकले आगामी पुस १५ भित्रै महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको छ । राधेश्याम अधिकारी नेतृत्वको केन्द्रीय निर्वाचन समितिलाई पुस १५ भित्र कार्यतालिका ल्याउन निर्देशन दिइएको हो । यसअघि कात्तिक मसान्तसम्मको अवधि दिइएको थियो ।

कांग्रेसभित्र हाल आन्तरिक संगठन समायोजनको काम चलिरहेको छ । संघीय ढाँचा अनुसार पार्टीका संगठनहरु पुर्नगठन गर्नुपर्नेमा अधिकांश ठाउँमा पहिलेकै संरचना यथावत छन् ।यससँगै विभिन्न विभाग, भ्रातृ संगठन, तरुण दलको कार्यअवधि लगायत एजेन्डामाथि पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने आज पनि सहभागी भएन । कार्ययोजनालाई बैठकको एजेन्डा बनाउनुपर्ने लगायत माग राख्दैआएका पौडेलले पार्टीको बैठक बहिस्कार गरेका हुन् ।

नेविसंघको प्रदर्शन कायम

पार्टी बैठक चलिरहँदा कार्यालय बाहिर भने नेविसंघका कार्यकर्ता प्रदर्शन गरिरहेका थिए । विधानअनुसार ३२ वर्षमुनिकाे नेतृत्व ल्याउनुपर्ने माग गर्दै उनीहरुले आन्दोलन जारी राखेका हुन् ।

तर पार्टीले आफ्नो माग नसुने आमरण अनसन बस्ने नेविसंघका नेता नवराज त्रिपाठीले  चेतावनी दिएका छन् । यसअघि पनि उनीहरुले पटक पटक पार्टी कार्यालय बाहिर सोही माग राख्दै प्रदर्शन गर्दैआएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.