कांग्रेसमा विवाद : उपसभापति निधि र पूर्वमहामन्त्री सिंहबीच छलफल

कांग्रेसमा विवाद : उपसभापति निधि र पूर्वमहामन्त्री सिंहबीच छलफल

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन नेताहरु निरन्तर छलफलमा जुटेका छन्। कांग्रेस केन्द्रीय समितको बैठक अगाडि सिंह निवासमा सोमबार बिहान सभापति शेरबहादुर देउवाको तर्फबाट उपसभापति बिमलेन्द्र निधी र रामचन्द्र पौडेल समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको हो। कांग्रेस केन्द्रिय समितिको बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्दैछ। 

नेताहरुबीच महाधिवेशनको कार्यतालिका, विभाग गठन, नेविसंघ गठन र तरुण दलको ६ महिना समायावधी थप गर्ने मुख्य एजेण्डामा छलफल भएको छ। नेताहरुबीचको छलफल सकरात्मक भएको सिंहका स्वकिय सचिव युपी लामिछानेले जानकारी दिए। यद्यपी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिकालाई पेश गर्नुपर्ने सिंहले जोड दिएका छन्। बैठकमा कांग्रेस नेता हृदयराम थानि र दिलेन्द्र प्रसाद बडुसमेत सहभागी थिए।तीन दिनदेखि लगातार विभिन्न चरणमा वार्ता भएपनि सहमति नजुटेपछि सभापति शेरबहादुर देउवा ‘बहुमत’बाटै अगाडि बढ्ने निष्कर्षमा पुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेन्डा बनाएको छ। उक्त समूह आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि सहभागी भएन। महाधिवेशन कार्यतालिका समावेश नगरेको भन्दै पौडेल समूहले बिहीबारको बैठक बहिष्कार गरेको थियो। कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडानमा यो समूह छ।

पौडेल समूह मनाउन संस्थापन पक्ष क्रियाशील छ। शुक्रबार आआफ्नो गुटमा रणनीति बनाउन व्यस्त दुवै समूहबीच शनिबार र आइतबार छलफल भएको थियो। सभापति देउवा शनिबार बिहान वरिष्ठ नेता पौडेल निवास पुगेका थिए। उपसभापति निधिसहित पौडेल निवास पुगेका देउवाले केन्द्रीय कार्यसमितिमा पेस भएका प्रस्तावमा साथ दिन आग्रह गरेका थिए। पौडेलले अडान नछाड्दा शीर्ष तहमा सहमति हुन सकेन।

दुवै समूहले सहमतिका लागि गठन गरेको वार्ता समितिबीच शनिबार साँझ तीन घण्टा छलफल भएको थियो। दुवै पक्ष आआफ्नै अडानमा रहेका थिए। निधिले आइतबार बिहान महामन्त्री डा.शशांक कोइरालालाई भेटेर सहमतिको प्रयास गरेका थिए। निधिसँगको भेटलगत्तै महामन्त्री कोइराला र नेता प्रकाशमान सिंहबीच महाधिवेशनको एजेन्डा नआएसम्म बैठकमा सहभागी नहुने सहमति भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.