नारायण गोपालका गीतले गुञ्‍जियो कला मन्दिर

नारायण गोपालका गीतले गुञ्‍जियो कला मन्दिर

चितवन : साँझको चिसो बढेपछि गुञ्जिएका संगीतले कला मन्दिरको माहोल तात्न थाल्यो। नारायण गोपालका फ्यानहरु उनका गीतमा रमाए। नारायणी कला मन्दिरले आयोजना गरेको नारायण गोपाल स्मृती साँझमा दर्शक रमाए। लाईभ ब्याण्डमा नारायण गोपालका कालजयी गीतले कला मन्दिर गुञ्‍जियो।

श्रोतामा माझ मधु लामाले गाएको प्रियसीका यादहरु गीतबाट सुरुवात गरे। गायक तथा संगीतकार सहन प्रधानले ‘पर्खिबसे’ घरी गाइरहँदा दर्शकले पनि सँगै गाए। विश्व प्रधानको गायकीले पनि दर्शक झुमे।  उनले मेरा सबै रात अब गीत गाए र विना सेन्चुरी प्रविण श्रेष्ठको लुकुलुकु लाग्यो मलाई गीतमा दर्शक नाचे। नयाँ र पुराना पुस्ताले झण्डै डेढ दर्जन गीत गाए। सुचना गुरुङ कला मन्दिरका संगीत प्रशिक्षक साजन जोशी, उदय श्रेष्ठ,  महेन्द्र बराल, शिव कंडेल, सविना क्षेत्रीले पनि गीत गाए। झण्डै दुई घण्टा समय दर्शकले बिताए।

कला मन्दिरले नारायण गोपालको सम्झनामा हरेक वर्ष स्मृति साँझ गर्दै आएको छ। ‘नारायण गोपाल अझै पनि हाम्रो मनमा हुनुहुन्छ त्यसैले कार्यक्रम आयोजना गर्छौ’ कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले भने ‘उनका गीतसँगै कार्यक्रम पनि निरन्तर बढिरहन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.