कला मन्दिरमा पर्खी बसें

कला मन्दिरमा पर्खी बसें

चितवन : पुरानादेखि युवा पुस्ताका दर्शकले हल भरियो। उनीहरू टिकट किनेर नारायणगोपाल गुरुवाचार्यका गीत सुन्न पर्खिरहेका थिए। साँझको चिसो बढेपछि गुञ्जिएका संगीतले कला मन्दिरको माहोल तात्न थाल्यो। नारायणगोपालका गीत मन पराउनेको भीड थियो। स्वरसम्राट्का गीतले हल गुञ्जायमान बन्यो। नारायणी कला मन्दिरले आयोजना गरेको नारायणगोपाल स्मृति साँझमा दर्शक रमाए। लाइभ ब्यान्डमा नारायणगोपालका कालजयी गीतले कला मन्दिर गुञ्जियो।

नारायणगोपालका गीत सुन्न सबै लालायित थिए। एकपछि अर्को गीतले संगीतमय माहोल बन्यो। मधु लामाले प्रियसीका यादहरू गीतबाट सुरुआत गरे। गायक तथा संगीतकार सहन प्रधानले ‘पर्खी बसें’ गाइरहँदा दर्शकले पनि सँगै गाए। कुनै बेला ताली बज्थ्यो भने कुनै बेला हुटिङ आउथ्यो। विश्व प्रधानको गायकीले पनि दर्शकको मन जित्यो। वीना सेन्चुरी र प्रवीण श्रेष्ठको लुकुँलुकुँ लाग्यो मलाई गीतले जुरुकजुरुक बनायो।

नयाँ र पुराना पुस्ताले झन्डै डेढ दर्जन गीत गाए। सूचना गुरुङले गाएको पोखिएर घामको झुल्काले दर्शकको ताली पायो। कला मन्दिरका संगीत प्रशिक्षक साजन जोशी, उदय श्रेष्ठ, महेन्द्र बराल, शिव कँडेल र सविना क्षेत्रीले पनि गीत प्रस्तुत गरे। झन्डै दुई घण्टा समय बितेको दर्शकलाई पत्तै भएन।

नारायणी कला मन्दिरले नारायणगोपालको सम्झना हरेक वर्ष स्मृति साँझ गर्दै आएको छ। ‘नारायणगोपाल अझै पनि हाम्रो मनमा हुनुहुन्छ, त्यसैले कार्यक्रम आयोजना गर्छौं’, कला मन्दिरका अध्यक्ष अमरदेव प्रधानले भने, ‘उनका गीतसँगै कार्यक्रम पनि निरन्तर बढिरहन्छ।’ पुस्ता हस्तान्तरणका लागि कार्यक्रम आयोजना गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.