स्थानीय तहलाई असाधारण अधिकार दिएको छ : मन्त्री त्रिपाठी

स्थानीय तहलाई असाधारण अधिकार दिएको छ : मन्त्री त्रिपाठी

ललितपुर : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेस त्रिपाठीले वर्तमान संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको बताएका छन्। बुधबार ललितपुर महानगरपालिकाको १०१ औँ स्थापना दिवसको अवसरमा त्रिपाठीले यस्तो बताएका हुन्।

‘संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको छ’ मन्त्री त्रिपाठीले भने ‘असाधारण अधिकार प्राप्त संस्थाले असाधारण काम नै गर्नुपर्छ। ‘जब उनीहरुमा शासकीय मनोविज्ञान प्रवेश गर्छ, उनीहरुको पतन सुरु हुन्छ।’ त्रिपाठीले जनप्रतिनिधिहरुप्रति लक्षित गर्दै भने ‘पाँचपाँच वर्षमा जानैपर्छ भन्ने बिर्सनुहुन्न।’   
संविधान र प्रणालीको सफलता मापन हेर्ने हो भने महानगर, नगरपालिका लगायतका स्थानीय तहले गरेको कामले नै देखाउने पनि बताए। 

नगरका साग विजेतालाई सम्मान
महानगरपालिकाले १३ औं दक्षिण एशीयाली खेल (साग) का १९ जना विजेतालाई सम्मान गरेको छ। महानगरपालिकाको १६ वडाकी स्वर्ण विजेता आयशा शाक्य, विप्लपलाल श्रेष्ठ स्वर्ण, पुनम श्रेष्ठले स्वर्ण जितेका थिए।

त्यस्तै राकेश महर्जन कास्य, पुरुषोत्तम बज्राचार्य रजत तथा कास्य, संयोग कपाली रजत, साजनकृष्ण ताम्राकार कास्य, दिवश श्रेष्ठ रजत, मुकन्द महर्जन, अभिलाशा विष्ट कास्य, संरक्षणभुषण बज्राचार्य कास्य, प्रणव खनाल कास्य, प्रफुल्ल महर्जन दुई कास्य, रसिला महर्जन कास्य, सदिक्षा श्रेष्ठ, रजत, विभेद महर्जन कास्य, आयुस सिंह कास्य, राजन जोशी कास्य, सन्तोष खत्री कास्य, संयकभुषण बज्राचार्य कास्य, अरुणराज बज्राचार्यले कास्य जितेका थिए। महानगरले खेलाडीको प्रोत्साहनका लागि भन्दै स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ४० हजार र कास्य विजेतालाई ३० हजार पुरस्कार दिएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.