बालिकालाई जबरजस्ती करणी गरेर फरार
विराटनगर : बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका विराटनगर १४ का सतीश यादव फरार भएका छन् । घरमा कोही नभएको बेला स्थानीय १५ वर्षीया यादव थर भएकी नाबालिकालाई घरमा गएर जबरदस्ती करणी गरेको आरोप लागेका यादव आइतबारदेखि फरार भएका हुन्। आइतबार दिउँसो २१ वर्षीय यादवले बालिकाको घरमा गएर जबरदस्ती करणीको प्रयास गरेका थिए ।
घटनापछि बालिकाका आफन्त र छिमेकी घरमा जम्मा भएको थाहा पाएपछि यादव फरार भएको स्थानीयले बताएका छन् । बालिकाले आइतबार इलाका प्रहरी कार्यालय रानीमा जबरदस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएकी छिन्। उजुरी दिए पछि इप्रका रानीले मुचुल्का समेत उठाएको छ ।
प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण र बयान समेत लिएर जबरदस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको इप्रका रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए।प्रहरीले यादवलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको छ।