उदयपुरमा बोलेरो दुर्घटना : ३ को मृत्यु, ५ जना घाइते

उदयपुरमा बोलेरो दुर्घटना : ३ को मृत्यु, ५ जना घाइते

उदयपुर  : उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-३ को गोठडाँडामा बिहान करिब ९:१५ बजे बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

भारतीय नम्बर प्लेट भएको एस् के ०१ टिपी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकदेखि करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा उदयपुरगढी गाउँपालिका-३ निवासी ६१ वर्षीय टिकनारायण श्रेष्ठ, उनकै भाइ ३६ वर्षीय मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ भने दुई जनाको कटारी अस्पतालमा उपचार भइरहेको एसपी मगरले बताए । भारतको सिक्किममा रहेका आफन्त भेटघाट गरेर घर फर्कनेक्रममा जिप दुर्घटना भएको हो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.