राष्ट्रपति पुटिनले 'विन्डोज एक्स पि' चलाउँदै

राष्ट्रपति पुटिनले 'विन्डोज एक्स पि' चलाउँदै

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो आधिकारिक कम्प्युटरमा बन्द भइसकेको 'विन्डोज एक्स पि' को प्रयोग गर्छन् । गत महिना क्रेमिकल प्रेसले मस्कोमा पुटिनको निवासको फोटो सार्वजनिक गरेको थियो । फोटोमा उनी कम्प्युटर स्क्रिनको अगाडी बसेका छन् । जसमा उनको कम्प्युटर ब्याक ग्राउन्डमा क्रेमलिनको फोटो देखिन्छ । कम्प्युटर स्क्रिनको तल एक नीलो ट्याक्सबार छ । जसले उनी आज पनि 'विन्डोज एक्स पि' प्रयोग गर्छन् भन्ने पुस्टि गर्छ । 

'विन्डोज एक्स पि' २००१ मा सुरु भएको हो । तर यो २०१४ मा फेरी बन्द भएको थियो । साथै सम्पूर्ण प्रयोगकर्तालाई एक चेतावनी दिइएको थियो कि 'विन्डोज एक्स पि' पुन:  प्रयोग गरेमा भाइरसको जोखिममा पर्नेछन्। 

रुसले विदेशी सफ्टवेयरमा प्रतिबन्ध लगाएको छ । तर सिमित प्रतिबन्धसहित केही विदेशी सफ्टवेयर भने प्रयोग गर्न अनुमति दिइएको छ । मिडिया रिर्पोटका अनुसार पुटिनको कम्प्युटर अपग्रेड नहुनुको कारण यही हो । 

रुसले आफ्नो सफ्टवेयर बनाएको छ । लेटेस्ट 'विन्डोज १०' सिस्टमलाई यस्ता कम्प्युटरमा मात्र प्रयोग गरिन्छ जसमा गोपनियता यथावत राख्न जरुरी छैन् । यसै कारण नँया संस्करणहरु पुटिनका लागि उपयोगी छैनन्, किनकि सबै शीर्ष गोप्य कागजातहरु सही ढंगमा पँहुच गरिएको छ । आधिकारिक तस्विर अनुसार उनले पुटिन क्रेमलिन कार्यालयको साथमा मस्को उपनगर स्थित निवासमा पनि 'विन्डोज एक्स पि'  प्रयोग गर्छन् ।

पुटिन नँया प्रविधिबाट टाढा बस्ने गर्छन् । ७६ वर्षीय पुटिन टेक्नोके्रटिक छैन् । भनिन्छ कि उनीसँग स्मार्ट फोन पनि छैन् । २०१७ मा स्कुल बच्चाहरुलाई कहिलेकाहीँ मात्र इन्टरनेट प्रयोग गर्ने बताएका थिए । उनको इन्स्टाग्राम अकाउन्ट पनि छैन् ।

तर राष्ट्रपति दिमित्री मेदभेदेभले आइफोनको प्रयोग गर्नुका साथै उनको इन्स्टाग्राम पेज पनि छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.