उदयपुर दुर्घटना अपडेट : ४ को मृत्यु, २ गम्भीर

उदयपुर दुर्घटना अपडेट : ४ को मृत्यु, २ गम्भीर

उदयपुर : उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।दुई जना गम्भीर घाइते भएका छन् ।उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा बिहीबार बिहान करिब ९ :१५ बजे बोलेरो दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकको उपचारका लागि कटारी अस्पतालमा पुर्‍याउनासाथ मृत्यु भएको हो ।

भारतीय नम्बर प्लेट भएको एसके ०१ पीबी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा उदयपुरगढी गाउँपालिका निवासी ६१ वर्षीय टिकनारायण श्रेष्ठ, उनकै भाइ ४७ वर्षीय मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । 

साथै मोरङको पथरी बस्ने ३१ वर्षीय टीकाराम श्रेष्ठको उपचारका लागि कटारी अस्पताल ल्याउनसाथ मृत्यु भएको एसपी मगरले बताए।            

घाइते भएका मोरङ पथरी ४ का ५५ वर्षीय लक्ष्मीप्रसाद राई र भारतको सिक्‍किम बस्ने २८ वर्षीय पवन राइलाई  बिराटनगरको नोबेल अस्पताल लगिएको प्रहरिले जनाएको छ।

भारतको सिक्‍किममा रहेका आफन्त भेटघाट गरि घर फर्कने क्रममा जीप दुर्घटना भएको जनाइएको छ । घटनास्थल सदरमुकाम गाईघाटदेखि करिब ७० किलोमिटर पश्चिम रहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.