सचिवको काम अहेबले गर्दै : दुर्गममा कर्मचारी जान मान्दैनन्

सचिवको काम अहेबले गर्दै : दुर्गममा कर्मचारी जान मान्दैनन्

नवलपुर : पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका कर्मचारी बिहिन बनेको छ। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित विषयगत शाखा कार्यालयमा समेत कर्मचारी छैनन्। कर्मचारी नहुँदा वडा सचिवको काम अहेबले गर्दै आएका छन्।

कर्मचारी नहुँदा काम गर्न समस्या भएको र मन्त्रालयसँग पटक पटक आग्रह गरेपनि कर्मचारी पठाउन वास्ता नगरेको गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीले गुनासो गरे। ‘अहिले स्वास्थ्य र शिक्षा शाखामा मात्र १-१ जना कर्मचारी छन्। कृषि, पशु, महिला तथा बालबालिकालगायतका विषयत शाखामा कर्मचारी नै छैनन्’ अध्यक्ष बस्ताकोटीले भने। प्रमुख प्रशासकीय अधिकृतको सरुवा र लेखा अधिकृत समायोजन भएर गएपछि चारमहिनादेखि गाउँपालिकाबाट हुने सबै आर्थिक कारोबार ठप्प भएको अध्यक्ष बस्ताकोटीले बताए।

पहाडी दुर्गम क्षेत्र भएकाले कर्मचारी आउन नमान्ने भएकाले समस्या भएको अध्यक्ष बस्ताकोटीले बताए। राजमार्गको दलदलेबाट ८ घण्टाको पैदलदुरीमा गाउँपालिका छ। हिउँदमा भने कच्ची सडक हुँदै चार घण्टामा मोटरबाटो गाउँपालिका पुगिन्छ।

‘आएका कर्मचारी पनि काज सरुवा र विभिन्न बहाना बनाएर बस्न मान्दैनन्। जनताका काम हुन नसक्दा मैले हप्की खानुपर्छ’ अध्यक्ष बस्ताकोटीले भने। प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा तलबदेखि ठेक्काको कामसमेत अघि बढाउन नसकिएको उनले बताए।

६ वटा वडा रहेको गाउँपालिकामा कुनै पनि वडामा सचिव छैनन्। व्यक्तिगत घटना दर्तादेखि पञ्जिकाधिकारीको काम अहेबले गर्दै आएका छन्। ‘वडाध्यक्षले कागजपत्र दुरुस्त पारेपछि अहेब आएर सही गर्ने गरेका छन्। निजामती कर्मचारी भएकाले टिएडिए दिएर एक जना अहेबलाई दुई वटा वडा सचिवको जिम्मेवारी दिइएको छ’ अध्यक्ष बस्ताकोटीले भने। हप्ता दिनभित्र कर्मचारी नपठाए गाउँपालिका नै छाडेर हिड्नुपर्ने अवस्था आएको अध्यक्ष बस्ताकोटीले गुनासो गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.