जागिरको बहानामा जबरजस्ती

जागिरको बहानामा जबरजस्ती

ललितपुर : १९ वर्षीया युवतीलाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ। ती पुरुषमाथि जागिरको लोभ देखाइ अन्तर्वार्तामा बोलाएर गोदावरीस्थित वृन्दावन रिसोर्ट पुर्‍याएर युवतीलाई जबरजस्ती गरेको आरोप छ। जबरजस्ती करणीको वातावरण बनाएको अभियोगमा पक्राउ परेका अन्य दुई महिला जनही एक लाख धरौटीमा रिहा भएका छन्।

कारागार चलान हुनेमा कैलालीका ३१ वर्षी रोहितप्रसाद ढुंगाना छन्। धरौटीमा रिहा हुनेमा कैलालीकै २२ वर्षीया मीना रिमाल र जुम्लाकी १८ वर्षीया निर्मला शर्मा छन्। उक्त घटना मंसिर ५ गते घटेको थियो। घटनामा १९ वर्षकी युवतीलाई दुई महिलाले सिनामंगलस्थित कन्सल्टेन्सीमा जागिर लगाइदिने प्रलोभन देखाएर अन्तर्वार्तामा बोलाए। शर्मा र रिमालले चिनजानका व्यक्ति रोहितसँग पीडितको चिनजान गराएको थियो। युवतीको भनाइ अनुसार उनलाई अन्तर्वार्ताका लागि बोलाए पनि तीनैजनाले सम्बन्धित विषयमा कुरा नगरी आलटाल गरेर समय बिताए।

खाजा खान जाने प्रस्ताव गरे। चारै जनाले बानेश्वरमा खाजा खाए। त्यसपछि युवती घर जान लाग्दा ढुंगानाले उनको त्यतै काम भएकाले ट्याक्सीमा सँगै जान आग्रह गरे। कीर्तिपुर हिँडेकी युवतीलाई ढुंगानाले गोदावरीस्थित रिसोर्टमा पुर्‍याए। ‘किन यहाँ ल्याएको’ भन्ने युवतीको प्रश्नमा ढुंगानाले शर्मा र रिमाल पनि त्यही आउने भन्दै युवतीलाई नआत्तिन सुझाए।

युवतीकी दिदीले बिहान ८ः३० मा बाहिर निस्किएकी बहिनी साँझसम्म नआएपछि खोजखबर गरिन्। तर सम्पर्क हुन सकेन। उनले शर्मा र रिमालसँग सम्पर्क गरिन्। उनीहरूले अन्तर्वार्तामा गएको जानकारी दिए। रात परी सेकाकाले शर्माले बहिनी उनकै कोठामा बस्ने बताइन्। युवतीले उनकी मिल्ने साथी बबिता शाहीलाई राति ९ः३० मा ‘अप्ठेरो अवस्थामा छु बचाउ’ भन्दै म्यासेज पठाइन्।

बबिताले युवतीका बारेमा उनकी दिदीलाई जानकारी गराइन्। जानकारी पाए लगत्तै उनी बहिनीको खोजी गर्न हिँडिन। मंसिर ६ गते बिहान कोठामा आउँदैछु भनेर ती युवतीले दिदीलाई फोन गरिन्। अघिल्लो रात के भएको भनी सोधपुछ गर्दा ढुंगाना र दुई महिलाले परिबन्धमा पारेर गोदावरी पुर्‍याएको बताएपछि तीनैजना आरोपी पक्राउ परेका थिए।

युवतीको अनुसार रिसोर्टमा पुग्दा रात परिसकेको थियो। उनले ढुंगनालाई ‘कि घर पुर्‍याउ, नत्र आफैं जान्छु’ भनेकी रहिछन्। ढुंगानाले कोठामा चुकुल लगाएर जबरजस्ती करणी गर्न खोजे। रक्सीको बोतलले हानेको, थप्पड हानेको, जताततै छोएको र दुबै हात समाएर करणी गर्न खाजेको आरोप लगाएकी छन्।

घटनाका अभियुक्त ढुंगानाले सहमतिमा त्यहाँ घुम्न पुगेको बताएका छन्। युवतीलाई चुम्बन गरेको र शारीरिक सम्पर्कका लागि प्रस्ताव मात्रै गरेको इन्कारी बयान दिएका छन्।

रक्सी खाएको बेला दुई झापड हाने पनि युवतीले अस्वीकार गरेपछि जबरजस्ती करणी गर्ने प्रयास नगरेको बताएका छन्। उनले बायाँ खुट्टा प्यारालाइसिस भइ राम्रोसँग हिँडडुल गर्न नसक्ने भएकाले बलात्कारको प्रयास निराधार भएको दाबी समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.