चालकसँग पैसा असुल्ने प्रहरी असइविरुद्ध मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिआरभी केसलियामार्ग विराटनगर, मोरङका प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध मुद्दा दायर गरेको छ।
सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई विभिन्न खाद्य सामग्री ओसारपसारमा सवारी साधन सहजीकरण गरिदिने प्रयोजनको लागि घुस लिएका दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय मागसहित उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।