सचिव हुँदै विदेशमा जागिर

सचिव हुँदै विदेशमा जागिर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले आफ्नो राजीनामा स्वीकृत गर्न माग गरेकी छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा एक महिनादेखि वरिष्ठ अधिकृतमा कार्यरत उनले मन्त्रालयमा निवेदन दिएकी छन्।

उनले कात्तिक १३ गते राजीनामा दिएकी थिइन्। त्यसलगत्तै उनले डब्लूएचओको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा काम सुरु गरेको मन्त्रालय स्रोतले जनाएको छ। उनको राजीनामा मन्त्रिपरिषद्ले अस्वीकृत गर्दै मन्त्रालयमा फिर्ता पठाएको थियो। ‘घरायसी कारण दर्शाउँदै राजीनामा स्वीकृत गर्न निवेदन दिएर जानुभएको छ’, स्रोतले भन्यो।

१७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो। त्यसको जानकारी ३ मंसिरमा मन्त्रालयमा प्राप्त भएको थियो। इमेलबाट खबर पाएपछि उनले एक साताअघि मन्त्री भानुभक्त ढकालसमक्ष निवेदन दिएको स्रोतले जनाएको छ। उनको पदावधि दुई वर्षभन्दा बढी थियो। १३ पुस ०७४ मा मन्त्रिपरिषद्ले उनलाई स्वास्थ्यसचिवमा नियुक्त गरेको थियो।

मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत नगर्दै जागिर सुरु गरेकी डा. चौधरीले मन्त्री ढकालसँगको भेटमा असन्तुष्टि व्यक्त गरेकी थिइन्। तत्कालीन मन्त्री उपेन्द्र यादवका पालामा उनी ‘पेलान’मा परेकी थिइन्। उनलाई २८ असोेज ०७५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको थियो। मन्त्रालयमा दुई सचिव राख्ने व्यवस्थापछि उनले अप्ठ्यारो अवस्था झेलेकी थिइन्। सरकारको निर्णय अप्रत्याशित र चित्तबुझ्दो नभएको जनाउँदै उनी कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेकी थिइन्। कर्मचारी सरुवा सामान्य प्रक्रिया भए पनि आफ्नो नियुक्ति र पदस्थापना स्वास्थ्य सेवा ऐनअनुसार स्वास्थ्यसचिवको दरबन्दी मन्त्रालयमा नभएको जनाउँदै न्यायोचित निकासका लागि अदालत जानुपर्ने बाध्यता रहेको उनले बताएकी थिइन्।

सर्वोच्चले ०७५ असोज ८ मा मन्त्रिपरिषद्को निर्णय बदर गर्दै सरुवा र रमानालगायत पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशपछि उनी पदमा बहाल रहेकी थिइन्। मन्त्रालयको वेबसाइटबाट सचिव डा. चौधरीको नाम हटाइएको छैन। मन्त्रालयका अर्का सचिव खगराज बरालले डा. चौधरीको बारेमा प्रवक्तालाई सोध्न आग्रह गरे। ‘मन्त्रालयमा सचिवको व्यवस्था प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्ने हो’, उनले भने, ‘उतै सोध्नुस्।’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद    श्रेष्ठले दुई महिनादेखि डा. चौधरी अनुपस्थित रहेको बताए। ‘योभन्दा अरू केही थाहा छैन’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.