शरीरमा चीप प्रत्यारोपण : जसले ढोका खोल्ने र सुरक्षा गार्डको काम गर्छ

शरीरमा चीप प्रत्यारोपण : जसले ढोका खोल्ने र सुरक्षा गार्डको काम गर्छ

काठमाडौं : ३१ वर्षीया विन्टर म्राज एक इन्जिनियर हुन्। अमेरिकामा उनलाई 'बायोनिक वुमन' को नामले चिनिन्छ । उनले आफ्नो हातमा दुई चीप प्रत्यारोपण गरेकी छिन् । एक कार्यक्रममा उनले एउटा चीपले ढोका खोल्ने र अर्को चीप व्यापार व्यवसाय कार्डका लागि प्रयोग गर्ने बताइन् । यस बाहेक हातका औंलामा म्याग्नेट र एकतिर पाखुरामा दुई फ्ल्यास लाइट प्रत्यारोपण गरिएको छ। 

म्राजले आफ्नै व्यापार व्यवसाय गरेकी छिन् । कार दुर्घटनापछि उनी सामान्यबाट बायोनिक महिला बनेकी हुन् । कार दुर्घटनामा उनको घाँटी, घुडा र गोडा भाँचेको थियो । उनले धेरै शल्यक्रिया पनि गरिन् । उनको एउटा घुँडाको क्याप थी डी प्रिन्टेड छ । धेरै वर्षसम्म शल्यक्रियामा मात्र समय खर्चेकी उनले जीवन सजिलो बनाउनका लागि आफूभित्र केही चीप्स प्रत्यारोपण गर्ने निर्णय गरेकी हुन्। 

म्राजको बायाँ हातमा माइक्रो चीप राखिएको छ। यो चीप उनी घरको मूल ढोका खोल्न प्रयोग गर्छिन्। यसबाहेक चीपले उनको कार्यस्थलमा सुरक्षा गार्ड जस्तै काम गर्छ। 

उनलाई चीप प्रत्यारोपण गर्ने सल्लाह उनका छिमेकीले दिएकी थिइन् । दोस्रो चीप बायाँ हातमा छ । यसमा उनको व्यवसायिक कार्डको कम्प्युटरकृत संस्करण स्टोर गरिएको छ । जसलाई उनी आफूले चाहेको व्यक्तिको मोबाइलमा पठाउन सक्छिन् । 

उनले आफ्ना हातका औंलामा पनि म्याग्नेट प्रत्यारोपण गरेकी छिन् । यसले इलेक्ट्रोम्याग्नेटिक अनुभूति गराउँछ र तार छुनबाट रोक्छ । 'यसले मेरो जीवन धेरै सजिलो बनाएको छ,' उनी भन्छिन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.