सूर्यग्रहणमा सार्वजनिक बिदा

सूर्यग्रहणमा सार्वजनिक बिदा

दाङ : तुलसीपुर उपमहानगरपालिका दाङले पुस १० गते सार्वजनिक बिदा दिएको छ। 

खण्डग्रास सूर्यग्रहण लाग्ने दिने बिहीबार शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए।

तुलसीपुरका सम्पूर्ण क्याम्पस र विद्यालयमा बिदा दिइन लागेको हो। तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले ग्रहणको समयमा विद्यार्थीको आँखा र स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै विद्यालयहरुमा सार्वजनिक बिदा घोषणा गरेको हो।

बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर ३१ मिनेटसम्म ग्रहण देखापर्ने भएकाले बिदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले बताए। 

खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ। नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्ने बताइएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.