विद्यार्थी अभावले संकटमा विद्यालय : रेकर्डमा ९९, विद्यालयमा ३०

विद्यार्थी अभावले संकटमा विद्यालय : रेकर्डमा ९९, विद्यालयमा ३०

कपिलवस्तु : कपिलवस्तु नगरपालिका-२ मोहोरियास्थित श्री शुक्रराज प्राथमिक विद्यालयमा विद्यार्थी संख्या निकै न्यून भएकाले विद्यालयको अस्तित्व नै संकटमा पर्न लागेको छ। विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म कुल ९९ जना विद्यार्थी रहेको रेकर्ड विद्यालयले राखे पनि विद्यालयमा दैनिक जसो करिब ३० जना मात्रै विद्यार्थीहरुको उपस्थिति रहने गरेको छ।

सो विद्यालयपछि स्थापना भएका जिल्लाका अधिकांश विद्यालयहरु उमावि तहसम्म सञ्चालनमा आए पनि ६० वर्ष पुरानो यो विद्यालयको स्तर उन्नती हुन सकेको छैन्। प्रावि तहका ४ र बालविकासको १ दरवन्दीमा ५ जना शिक्षकहरु कार्यरत रहेको प्रधानाध्यापक अमरनाथ शुक्लाले बताए।

२ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको गठन हुन सकेको छैन्। अघिल्ला आर्थिक वर्षमा विद्यालयको भवन मर्मत सम्भार गर्न नसक्दा निकासा  भएको २ लाख रुपैयाँ फ्रिज भएको छ।

विद्यालयमा पठन पाठन राम्रो नभएका कारण गाउँकै विद्यालयमा नपढाएर आफ्ना बच्चाहरुलाई अर्को गाउँ वरगदवास्थित श्री भगवानदास माविमा पढाउंदै आएको स्थानीय अभिभावक ढोडे पासीले बताए। अब चाँडै नै विद्यालय व्यवस्थापन समिति गठन गरेर विद्यालयको सुधारतर्फ अघि बढ्ने तयारी गरिएको स्थानीय अगुवा तथा वडा नं. २ का वडा सदस्य दुर्गेश पाण्डेयले बताए। पाण्डेयले भने, ‘पुराना शिक्षकहरु अवकाश भएपछि शिक्षक सेवा आयोगबाट आएका नयाँ शिक्षकहरुले शैक्षिक अवस्था सुधारका लागि मेहनत शुरु गरेका छन्।’ विद्यार्थीहरुको संख्या पनि बढ्ने क्रम देखिएको छ, उनले भने।

सो विद्यालय रहेको वडाका मोहोरिया र लम्तिया गाउँका विद्यार्थीलाई यो विद्यालय पायक पर्ने भए पनि उनीहरु अन्य गाउँका विद्यालयमा पढ्न जाने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.