महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुस लिँदालिँदै पक्राउ
ललितपुर : ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी ३० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियारले सूचना र विज्ञापन गरेकोमा दिएको भुक्तानी रकम वापत सेवाग्राहीसँग ३० हजार घुस लिँदा लिँदै उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
कार्यालय परिसरबाट घुस रकमसहित दुवैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जाएको छ ।