मोबाइल प्रयोग : भ्वाइसकलदेखि वालेटसम्म

मोबाइल प्रयोग : भ्वाइसकलदेखि वालेटसम्म

काठमाडौं : मोबाइल फोन हरेक व्यक्तिका लागि अत्यावश्यक साधन हो। मोबाइल बिना व्यक्तिको दैनिक सहज छैन। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म साथी बनेको छ। दैनिक जीवन सरल बनाउन भित्रिएको मोबाइल प्रविधिबिना घरबाट निस्कँदैनन्। घरमा बस्दा पनि मोबाइल नै चाहिन्छ। फुर्सदको समय व्यवथित गर्न होस् वा व्यस्त बन्ने माध्यम खोज्ने तरिका, आजकल सबै काम मोबाइलबाटै हुन्छ।

सञ्चार सारथिको रूपमा भित्रिएको मोबाइल फोन अहिलेको व्यापार व्यवसाय, इन्टरनेट, सपिङ अर्थात बालेट साथी पनि भइसकेको छ। प्रविधि विकाससँगै मोबाइल प्रयोग बहुआयामिक हुँदै छ। मोबाइलबाटै विश्वकै कुनै पनि कुनाको गतिविधि जान्न सक्ने र गफगाफ हुने भएकाले पनि मोबाइल दैनिक जीवनयापनको माध्यम बनेको हो।

नेपालमा मोबाइल सेवाको इतिहास त्यति लामो छैन। नेपाल टेलिकमले २०५६ सालदेखि सर्वसाधारणलाई पोस्टपेड र २०६० देखि प्रिपेड सिमकार्ड वितरण गर्न थालेपछि विस्तारै नेपालीको पहुँच बढ्दै गएको हो। २०६२ पछि एनसेल (तत्कालीन मेरो मोबाइल)ले टेलिकमसँग प्रतिस्पर्धा गर्दै मोबाइल सेवा सुरु गर्‍यो। त्यसपछि सर्वसाधारणको पहँुच अझै सहज हुँदै आएको छ। अहिलेसम्म नेपालमा सिम वितरणको हिसाबले मोबाइल सेवाका ग्राहक चार करोड १५ लाख पुगेका छन्। यसमा सबैभन्दा ठूलो हिस्सा नेपाल टेलिकम र एनसेलको छ। बजारका अग्रणी सेवाप्रदायक यी दुई कम्पनीबीचको प्रतिस्पर्धाले ग्राहकले सस्तो र सुलभ तरिकाले मोबाइल सेवा प्रयोग गर्न पाएका छन्।

मोबाइल सेवा वितरण मात्रै नभएर यसको बजार पनि उल्लेख्य रूपमै बढिरहेको छ। बजारमा नयाँ मोबाइल आउनेबित्तिकै परिवर्तन गरिहाल्ने परिपाटीदेखि आवश्यकताअनुसार सेट फेर्ने प्रचलन पनि उत्तिकै बढेको नेपाल मोबाइल व्यापार संघका अध्यक्ष पुरुषोत्तम बस्नेत बताउँछन्। उनका अनुसार मोबाइल अहिले सबैलाई आवश्यक पर्ने साधन हो। यसको परिपूर्ति आफ्नो क्षमताअनुसार हुने गर्छ।

पछिल्लो समय नयाँ प्रविधि र मोबाइलमा युवा वर्गको रुची अलि बढी हुने गरेको छ। युवा वर्ग कमाउने र सोहीअनुसार खर्च गर्ने भएकाले उनीहरूलाई बजारमा आएका स्मार्टफोन सेवा तथा सुविधाले लोभ्याउने गरेको बस्नेतको बुझाइ छ।

१० हजारदेखि एक लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलमा युवा पुस्ताको रोजाइमा परेको देखिन्छ। तर, यसमध्ये चल्तीका सेट भने १० देखि ३० हजार रुपैयाँसम्म हुने गरेका छन्। अहिले बजारमा बिक्रीको हिसाबले पनि ब्रान्ड बनाएका, बढी उत्पादन गर्ने र समय समयमा नयाँ भर्सन ल्याइरहने कम्पनी अग्रणी सूचीमा आउने गरेका छन्। बिक्रीका हिसाबले सामसुङ, एमआई, हुवावेसहित सेट छन्।

बस्नेतका अनुसार पछिल्लो समय कारोबारअनुसार वार्षिक २० प्रतिशतसम्म मोबाइल बजार बढेको देखिन्छ। समग्र बजारको आकार भने २५ अर्ब रुपैयाँ पुगिसकेको अनुमान छ। मोबाइलमा सबैभन्दा ठूलो बजार स्मार्टफोनको भए पनि हामीकोमा परिणामको हिसाबले भने बार फोनकै हिस्सा ठूलो छ। चलाउन सजिलो, सस्तो, स्मार्टफोन किन्न पैसाको अभाव लगायत कारणले पनि बारफोनको बिक्री राम्रो छ। बजारमा बिक्री हुने यस्ता बारफोनमा धेरै प्रकार भए पनि प्रयोगकर्ताको रुचीका हिसाबले भने नौ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म यस्ता फोन प्रयोगमा आइरहेका छन्।

संघका सचिव मुकुन्द बास्कोटाका अनुसार युवाले नयाँ प्रविधि र भर्सनलाई दिएको महत्त्वकै कारण पनि स्मार्टफोनको बजार बढेको हो। बास्कोटाले भने, ‘हाल युवा पुस्ता बढी समय ब्याट्री टिक्ने, क्यामेराको क्वालिटी बढी भएको, र्‍याम÷रोम बढी भएको र स्क्रिन ठूलो भएको मोबाइलतर्फ आकर्षित छन्।’

बजारमा आएका मोबाइल कम्पनीमध्ये जसले सस्तो र गुणस्तरीय सेवा दिन्छ उसैतर्फ ग्राहक आकर्षित हुन्छन्। बजारमा पछिल्लो समय सामसुङ मोबाइल बढी खोज्ने ग्राहक आउने गरेकोमा अहिले यसको टे«न्ड परिवर्तन हुँदै जान थालिसकेको छ। ग्राहकले मोबाइलको फिचर हेरेर यो मोबाइल चाहियो भन्दै आउने गरेको बास्कोटा बताउँछन्।

उनका अनुसार अहिले बजारमा एमआई मोबाइलको बजार निकै राम्रोसँग बढेको देखिएको छ। उपभोक्ताको ब्रान्डप्रति सचेतना र गुणस्तरलाई हेर्ने भएकाले वानप्लस आईफोनका पनि उत्तिकै प्रयोगकर्ता आउने गरेका छन्। बजारमा पाइने स्मार्टफोनमा पछिल्लो समय सबै कम्पनीले गर्ने प्रतिस्पर्धा भनेकै मूल्य र गुणस्तरमा देखिएको छ। जुन कम्पनीले बढी सेवा सुविधा भएको सेट ल्याउँछ र किफायति मूल्य दिन्छ उसैलाई बढी प्राथमिकता ग्राहकले दिने बुझाइ संघका सचिव बास्कोटाको छ।

मोबाइलको इतिहास

विश्वमा मोबाइल फोनको सुरुवात अमेरिकाबाट भएको हो। मोबाइल फोनका पिता मार्टिन कपुर हुन्। सन् १९०८ केन्टकीमा पहिलो बिनातारको टेलिफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको थियो। पहिलो मोबाइल मोटोरोलाले सन् १९७३ मा उत्पादन गरेको थियो। सुरुका मोबाइल फोनलाई जिरो जेनेरेसन भनिन्थ्यो। सन् १९८३ मा मोटोरोलाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको थियो।

सन् १९८५ मा बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको थियो। सन् १९८७ बेलायतमा मोबाइल फोन बिक्री सुरु भएको थियो। सन् १९८३ मा पहिलो पटक मोबाइलमा भ्वाइस मेलको सुविधा थपिएको थियो। विश्वमा पहिलो पटक मोटोरोलाले सन् १९९२ मा ह्यान्ड सेट फोन उत्पादन गरेको थियो। सन् १९९३ मा आईबीएमले ‘साइमन’ पहिलो स्मार्टफोन थियो। क्यामरायुक्त फोन फ्रान्समा १९९७ मा ल्याइएको हो। मोबाइल फोनमा इन्टरनेटको सुरुवातस्वरूप वान जी १९८०, टूजी १९९३, थ्रीजी २००१, फोर जी २०१२ मा सुरु भएको हो।

नेपालमा मोबाइल फोन

नेपालमा २०५६ वैशाखदेखि नेपाल टेलिकमले जीएसएम मोबाइल सेवाको सुरुवात गरेको हो। अहिलेको लोकप्रिय र सबैभन्न्दा बढी प्रयोगकर्ता रहेका जीएसएम प्रविधिको प्रिपेड मोबाइल २०६१ भदौदेखि सुरु भएको हो। निजी तहमा जीएसएम मोबाइल सेवाको अनुमति सुरुवात तत्कालीन स्पाइस प्रालिलाई २०६१ भदौ १६ मा दिइएको हो। यसले २०६२ साउनबाट सेवा सुरु गर्‍यो।

मोबाइल फोनमा २०६२ जेठ आगमन कल निःशुल्क गरिएको थियो। २०६२ बाटै नेपालमा स्पाइस हालको एनसेलले फोन वितरणको स्वीकृति पायो।

मोबाइलमा पहिले नौ अंकको नम्बर हुन्थ्यो। २०६१ देखि १० अंकको बनाइएको हो। २०६५ देखि देशैभर फोबाइल सेवा पुगेको थियो। अहिले ७७ जिल्लाममै मोबाइलको कभरेज पुगिसकेको छ। मोबाइलमा इन्टरनेटलाई महत्त्व दिँदै नेपाल टेलिकमले २०६६ फागुनमा थ्रीजी प्रविधि सेवाबाट सुरु गर्‍यो। २०७३ पुस १७ देखि सुरु गरेको फोरजी सेवा अहिले देशैभर पुगिसकेकेको छ।

भ्वाइसदेखि वालेटसम्म सुविधा मोबाइलमै

मोबाइल केबल सञ्चारको साधन मात्रै सीमित छैन। मोबाइल सेवाको सुरुवातमा भ्वाइस सेवा नै पहिलो प्राथमिकता थियो। अहिले मोबाइलमा थपिएको सेवा सुविधा, मोबाइलमार्फत एपको प्रयोग गरेर लिइने अन्य सेवामा नयाँ प्रविधि थपिँदै गएका छन्। अहिले मोबाइलमा थपिएको सुविधाले यसको प्रयोगलाई बढाउँदै गएको छ। पछिल्लो समय थपिएको थ्रीजी सेवापछिको भिडियोकल, लाइभ टीभी, हाइस्पिड इन्टरनेट अन डिमान्ड भिडियो, भिडियो च्याट, मल्टिमिडिया म्यासेज सुविधासहित अहिले फोरजीसम्म सेवामा आइपुग्दा अझै परिस्कृत भइसकेका छन्।

दु्रत गतिको मोबाइल डाटाको प्रयोग गरेर उपभोत्ताले अझै छिटो र छरितो सेवा पाउन थालेका छन्। अहिले मोबाइल पर्स (वालेट)को रूपमा प्रयोग हुन थालेको छ। मोबाइलबाट नगदरहित कारोबार गर्न र सूचना प्रविधिको अधिकतम सेवा तथा सुविधा प्रयोगमा थप प्रभावकारी हुँदै गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.