बलात्कार मुद्दामा सफाइ

बलात्कार मुद्दामा सफाइ

ललितपुर : सामूहिक जबरजस्ती करणी अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र गजुरेल र सन्देश शर्माले सफाइ पाएका छन्। गजुरेल कांग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य र शर्मा युवा संघ केन्द्रीय सदस्य हुन्।

जिल्ला अदालत ललितपुरका न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले उनीहरूलाई सफाइ दिएको हो। १९ वर्षीया किशोरीलाई लगनखेलको एक होटलमा पुर्‍याएर जबरजस्ती गरेको आरोप गजुरेल र शर्माविरुद्ध लागेको थियो।

महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख टेकप्रसाद राईका अनुसार उनीहरूलाई कात्तिक ३ गते पक्राउ गरिएको थियो। पीडितको सम्बन्ध प्रहरीका असइ उमेश केसीसँग थियो। उनीसँगको सम्बन्ध बिग्रिन थालेपछि किशोरी गजुरेलसँग नजिकिन पुगिन्। फेसबुकमार्फत चिनजान भएका गजुरेलसँग उनको भेटघाट बाक्लिन थाल्यो। यसै क्रममा गजुरेलले असोज २९ गते लगनखेलस्थित एक होटलमा बोलाएका थिए। होटलमा गजुरेल, शर्मा र अर्का एक जना पनि गएका थिए। किशोरीले घरमा साथीको जन्मदिन मनाउन जानु छ भनेर ढाँटेको देखिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरू चारै जना होटलमा पुगेर खानपिन गर्दै रमाइलो गरेको देखिएको छ। यसै सिलसिलामा किशोरीले गजुरेलसँग शारीरिक सम्पर्क भएको प्रहरीसमक्ष बताएकी थिइन्। शर्माले पनि सम्बन्ध राखेको पीडितको दाबी थियो। त्यसपछि अर्का व्यक्तिले पनि जबरजस्ती गर्न खोजेपछि अस्वीकार गरी आफू कराएको किशोरीले प्रहरीसँग बताएकी थिइन्। त्यस रात उनीहरू सबै जना होटलमा बसेर बिहान आआफ्नो बाटो लागेको देखिएको प्रहरीले जनाएको छ।

त्यसको चार–पाँच दिनपछि असइ केसीले उक्त घटनाबारे सोधखोज गर्दा किशोरीले आफूलाई गजुरेल र शर्माले बलात्कार गरेको र अर्का एक जना फरार रहेको बताएकी थिइन्। त्यसपछि उनीहरूले गजुरेल र शर्माविरुद्ध प्रहरीकहाँ उजुरी दिएका थिए। केसीको सहयोगमा उनीहरू तुरुन्त समातिएका थिए।

आरोपितले किशोरीका प्रेमी भनिएका केसीसँग उक्त मुद्दा मिलाइदिन प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ। उक्त घटना मिलाइदिन्छु भन्दै केसीले १ करोड रुपैयाँदेखि बार्गेनिङ गरेको देखिएको परिसर प्रमुख राईले बताए। केसी अख्तियारको हिरासतमा छन्। ‘यस्ता घटना बढ्नुले हाम्रो समाज कता गइरहेको छ भन्ने विषयमा गम्भीर हुन आवश्यक छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.