सम्झौता सकियो, निर्माण अधुरै
अछाम : अछाममा निर्माणाधीन १० स्वास्थ्य संस्थाका भवन अलपत्र परेका छन। सम्झौता अवधि सकिए पनि निर्माण कार्य भने अधुरै छ। करिब ८÷९ वर्षअघि देखि निर्माण भएका भवनको काम अझै सकिएको छैन। यी सबै भवन निर्माणको काम दुई वर्षभित्र सक्नेगरी सम्झौता भएको थियो।
लामो समयसम्म पनि भवन निर्माणले पूर्णता नपाउँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ। चौरपाटी गाउँपालिकाण्१ सिउडीमा निर्माणाधीन चौरमाडौं प्राथमिक स्वास्थ केन्द्रको भवन ८ वर्षदेखि अधुरै छ। नयाँ भवन नबन्दा स्वास्थ्यकर्मी र बिरामीलाई समस्या परेको छ। दुई वर्षभित्र सक्ने गरी २०६८ साल माघमा सम्झौता भएको थियो। सम्झौता अवधि सकिएकै ६ वर्ष पुगिसक्यो तर भवन आधा मात्र निर्माण भएको छ।
गाउँपालिकामा १५ शैड्ढयाको प्राथमिक स्वास्थ केन्द्रको भवन निर्मा सुरु भएपछि गाउँमै स्तरिय स्वास्थ्य सेवा पाइने आशमा स्थानीय खुसी थिए। ‘स्वास्थ्य संस्था भव्य संरचना निर्माण हुन लागेपछि गाउँमै सर्वसुलभ उपचार पाउने आश गरेका थियौं,’ स्थानीय रन्जीत धामीले भने, ‘तर हाम्रो दुर्भाग्य नै भन्नुपर्छ ठेकेदारले ८ वर्षसम्म पनि भवनको काम पूरा गरेनन्।’
भवन निर्माणको जिम्मा लिएको डाँफे, तुल्सी, दुर्गा जागृती जेभीले २ करोड ९० लाख ५४ हजार रुपैयाँमा सम्झौता गरेको थियो। यस्तै, साँफेबगर नगरपालिका–४ मा मष्टामाडौं उपस्वास्थ्य चौकीको भवन पनि ९ वर्षदेखि अलपत्र छ। २०६७ मा काम सुरु गरी २०६८ भदौमा सम्पन्न गर्ने सम्झौता भएको थियो। धुलिखेल निर्माण सेवा काठमाडौंले म्याद थपका लागि अहिले पनि विभागमा निवेदन दिएको छ।
एक करोड १८ लाख ६३ हजार लागतमा बन्ने भवन हालसम्म पूरा भएको छैन। विकल्प नहुँदा उपस्वास्थ्य चौकीले आधा बनेको भवनबाटै सेवा दिइरहेको स्वास्थ्य चौकीका प्रमुख शेबहादुर भुलले बताए। उनले भने ‘हामीसँग अर्को भवन भएन, त्यहीकारण हामीले अधुरो भवनबाटै सेवा दिइरहेका छौं। संरचना अभावले बर्थिङ सेन्टर सञ्चालन भने भएको छैन।’
पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा आशिष जय गौरी जेभीले २०६८ कात्तिकदेखि एक वर्षभित्र सक्ने गरी स्वास्थ्य चौकीको भवन निर्माण सुरु गरेको थियो। एक करोड २७ लाख ७९ हजारमा ठेक्का लिएको जेभीले पनि हालसम्म काम पूरा गर्न सकेको छैन। आठ वर्षसम्म पनि काम पूरा नभएपछि स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको वडाध्यक्ष ताराप्रसाद खनालले बताए।
यस्तै, कमलबजार नगरपालिका ९ मा रहेको मष्टाबण्डाली स्वास्थ्य चौकीको भवन पनि सात वर्षदेखि अलपत्र छ। एक करोड ५ लाख ३८ हजार रुपैयाँमा ठेक्का लिएको आइएस कन्स्ट्रक्सन डोटीले ७ वर्षमा पहिलो तल्ला चिनाइको काम मात्र सम्पन्न गरेको छ। तुर्माखाद गाउँपालिकाको केन्द्रमै रहेको तुर्माखाद स्वास्थ्य चौकीको भवन पनि चार पर्षदेखि निर्माणाधीन अवस्थामै छ। थाक्थुहाङ आइ एस नेत्रेश्वरी जेभीले २०७२ भदौमा दुई करोड २ज्ञ लाखमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। चार वर्षदेखि भुइँतलाको छतमात्रै ढलान गरेको छ।
यस्तै,। जागृति इन्द्रधनु जेभी टिकापुरले निर्माणको जिम्मा लिएको साविकको धमाली गाविसमा निर्माणाधीन स्वास्थ्य चौकीको भवन पनि निर्माण सम्पन्न नहुँदा सेवा दिन सकेको छैन। २०७६ असारमा सम्पन्न गर्ने गरी २०७४ असारमा एक करोड ९५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
मल्लेख गाउँपालिका–१ ऋषिदहमा निर्माणाधीन स्वास्थ्य चौकीको भुइँ तलाको चिनाइ मात्र सकिएको छ। देवसिंह निर्माण सेपा प्रालि धनगढीले दुई वर्षभित्र सक्नेगरी २०७४ असारमा काम सुरु गरेको थियो। एक करोड ७५ लाखको लागतमा बन्ने यस स्वास्थ्य चौकीको भुइँतलाको चिनाइ मात्र सकिएको गाउँपालिकाले जनाएको छ।
यस्तै, डीडी आर/अञ्जु जेभी धनगढीले निर्माणको जिम्मा पाएको बैजनाथ स्वास्थ्य चौकी भवन निर्माणको काम पनि सुस्त छ। म्याद सकिन एक महिना मात्रै बाँकी हुदासम्म मुख्य भवनको स्टक्चरको कार्य मात्रै सकिएको छ। एक करोड ५० लाख ४२ हजारमा निर्माण भइरहेको यो भवनको काम छिटो सक्ने स्थानीयले दबाब दिँदै आएका छन्।
ढकारी स्वास्थ्य चौकीको भवन निर्माण अवधि सकिन पनि केही महिना मात्रै बाँकी छ। एक करोड ४७ लाख ३६ हजार रुपैयाँ लागतको यो भवनको काम पनि धुलिखेल निर्माण सेवा काठमाडौंले भुइँतलाभन्दा माथि लिन सकेको छैन। मंगलसेन नगरपालिका–१४ कालागाउँमा बनिरहेको स्वास्थ्य चौकीको भवनको निर्माण अवधि सकिँन लाग्दा आधा पनि काम भएको छैन। दुई वर्षमा सक्नेगरी २ करोड १६ लाख ४२ हजारमा ठेक्का लिएको सवार कन्स्ट्रक्सन अछामले निर्माण अवधि सकिन एक महिनामात्र बाँकी रहँदा भवनको स्ट्रक्चरको काम मात्र सकेको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीका सव–इन्जिनियर अभिषेक मलासीले मुख्य ठेक्का पाएका ठेकेदारहरू साइडमा नगएर पेटी ठेक्कामार्फत काम गराउँदा भवन निर्माणले पूर्णता पाउन नसकेको बताए। उनले भने ‘केहि भवनको काम अन्तिम चरणमा छन्, भुक्तानी र हस्तान्त्रणको काम मात्र रोकिएको छ।’
स्वास्थ चौकी भवन नबन्दा प्रभावकारी स्वास्थ सेवा प्रदान गर्न समस्या भएको स्वाथ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए। उनले भने, ‘कतिपय ठाउँमा एउटै कोठाबाट पनि स्वास्थ सेवा दिनुपरेको छ, यसले गर्दा सबै बिरामीलाई हेर्न सकिएको छैन।’