घुससहित समातिए प्रहरी हवल्दार
काठमाडौं : प्रहरी हवल्दार राजु श्रेष्ठ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङस्थित इलाका प्रहरी कार्यालय, उर्लाबारीका हवल्दार श्रेष्ठ लाई सेवाग्राहीसँग ८ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको हो।
अख्तियारले श्रेष्ठलाई सेवाग्राहीबाट लिइसकेको अवस्थामादमक नगरपालिका वडा नं ४ ताराबारीको काठमिलबाट उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।