मुस्ताङ घुम्ने पर्यटक घटे

मुस्ताङ घुम्ने पर्यटक घटे

जोमसोम : धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा यस वर्ष पर्यटक संख्या घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ। एक्यापका अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ को डिसेम्बर २३ तारिखसम्म ३ हजार ३ सय ८ विदेशी पर्यटक घटेका हुन्।

सन् २०१९ डिसेम्बर २३ सम्म ५६ हजार ५ सय ३० पर्यटक मुस्ताङ भित्रिएका हुन्। सन् २०१८ को डिसेम्बरसम्म ५९ हजार ८ सय ३८ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमले जनाएको छ।

सन् २०१९ को मेमा सबैभन्दा बढी १२ हजार १ सय ३९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए भने सबैभन्दा कम फेब्रुअरीमा जम्मा ४ सय ४५ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। चालु वर्षको डिसेम्बर २३ सम्म ३४ हजार ८ सय ७३ सार्क मुलुकका पर्यटक छन् भने २१ हजार ६ सय ५७ पश्चिमी मुलुकका पर्यटक छन्। सार्क पर्यटकमा अधिकांश भारतीय पर्यटक हुन् भने आंशिक श्रीलंका, माल्दिम्स, भुटान, बंगलादेश र पाकिस्तानका छन्।

सन् २०१८ मा सार्क मुलुकबाट ३३ हजार २ सय ९ र पश्चिमेली मुलुकबाट २६ हजार ६ सय २९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। गत वर्षको तुलनामा चालु वर्षको उत्तरार्धसम्म सार्क मुलुकबाट १ हजार ५ सय ६४ पर्यटक बढेको छ भने पश्चिमेली मुलुकबाट ४ हजार ९ सय ७२ पर्यटक घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए। सन् २०१८ को तुलनामा यस वर्ष सार्कभन्दा पश्चिमी मुलुकका पर्यटक ३ तिहाइले घटेको हो।

यस्तै, यस वर्ष ५६ हजार ५ सय ३० विदेशी पर्यटक मुस्ताङ भित्रिदा राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ १४ हजा ४ सय ५५ र उपल्लो मुस्ताङ ३ हजार ८ सय ७० विदेशी पर्यटक पुगेका छन्। बाँकी पर्यटक बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र मुक्तिनाथ तलबाटै फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.