विप्लवका कार्यकर्ताले वडाध्यक्षलाई दले कालोमोसो

विप्लवका कार्यकर्ताले वडाध्यक्षलाई दले कालोमोसो

रुकुम : सरकारबाट प्रतिबन्दित दल नेकपाका कार्यकर्ताले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन्। चौरजहारी नगरपालिका–३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई नेत्र विक्रम चन्द 'विप्लव' समूहले कालोमोसो दलेका हुन्।

शनिबार बिहान उनलाई कालोमोसो दलेको प्रहरीले जानकारी दिएको छ। जनप्रतिनिधि भएर जनताको काम नगरेको भन्दै कालोमोसो दलेको विप्लवनिकट युवा संगठनले विज्ञप्ति मार्फत जिम्मा लिएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। ‘वडाध्यक्षलाई कालोमोसो दलेको जानकारी आएको छ,’ उनले भने, ‘तर घटनामा संलग्न रहेका एक जनालाई हामीले पक्राउ गरेका छौं।’

प्रहरीले पक्राउ परेकाको विवरण सार्वजनिक गरेको छैन्। चौरजहारीबाट जिल्लामा ल्याउँदै गरेका कारण पक्राउ परेकाको सम्पूर्ण विवरण अझै आउन बाँकी रहेको डिएसपी खड्काले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.