सुत्केरी व्यथा कम गर्ने 'भी आर हेडसेट'
![सुत्केरी व्यथा कम गर्ने 'भी आर हेडसेट'](https://annapurnapost.prixacdn.net/media/albums/vr-headsett_20191228091704_vRslf1nRUH.jpg)
वासिङ्टन : वेल्सस्थित एन इच एस अस्पतालमा भर्चूअल रियालिटी उपकरणको परीक्षण विधि सुरु गरिएको छ ।
यो सुत्केरी व्यथा लागेका महिलामा पीडा कम गर्नका निम्ति गरिएको नँया परिक्षण हो । यो मेसिनले आफू बसेको संसारबाट अलग भएर अर्कै दुनियाँमा पुगेको महसुश गराउँछ । भी आर हेडसेटले समुन्द्रको छेउमा आराम र मार्सको यात्रा गरेको आवास दिन्छ । यो विशेष महिलाहरुका लागि दुखाइ कम गर्न अपनाइएको विधि हो ।
रिस्केपको हेडसेट 'स्याम्सुङगेर जेन टु' हो । कानमा जस्तै आँखा छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान पार्ने भी आर प्रविधि हअिले विशेषतः कम्प्युटर गेमहरुका लागि प्रख्यात रहेको छ ।
सुत्केरी व्यथा लागेको प्रारम्भिक चरणमा हेडसेट लगाएर यो उपकरणको प्रयोग गरेकी अमेरिकी एक प्रयोगकर्ता हानाले आफ्नो अनुभव सुनाएकी छिन्, 'यसले मलाई आराम र रमाइलो महसुश गरायो,' उनी भन्छिन् ।
भर्चूअल रियालिटीको मद्धतबाट बच्चा जन्माउने काम साँच्चिकै सम्भव होला कि नहोला त्यो भने हेर्न बाँकी नै छ । पहिले बच्चा पाउँदा दुखाइ भोगिसकेका माहिलाहरुको लागि यो विशेष रुपमा उपयोगी हुन्छ ।
लस एन्जेल्स, सिर्डस सिनाई अस्पतालमा गरिएको सर्वेक्षणमा ५७ प्रतिशत महिलाहरुले व्याथाको दुखाइ महसुश नभएको बताएका छन् । युसीएलएमा गरिएको अर्को अध्ययनमा पहिलो त्रैमासिक गर्भपतन गर्दा ५ मिनेट भन्दा वढी भी आर प्रयोग गर्ने महिलाहरुले कम चिन्ता महसुश गरे ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)