पाँच टिपर नियन्त्रणमा
दाङ : अवैध रूपमा ढुङगा उत्खनन गरी ओसार-पसार गर्ने ५ टिपरलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ को राम्री क्षेत्रको ढुङगा निकासी गर्दै गरेको टिपर नियन्त्रणमा लिएको हो।
टिपरलाई राप्ती राजमार्गको तुलसीपुर–कपुरकोट सडक खण्डको गोठीखोलाबाट नियन्त्रणमा लिइको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।
'स्थानीय तहलाई कर नतिरी ढुङगा ओसारीरहेका टिपर समातेका छौं', प्रहरी प्रमुख योगीले भने, 'आवश्यक अनुसन्धान भइरहेको छ ।'
केहि दिनदेखि तुलसीपुरको राम्री, सातबासमा अवैध उत्खनन भइरहेको आरोप लगाउँदै नेपाल तरुणदलले निगरानी बढाएको छ । स्थानीय सरकारको आडमा पहाडै ध्वस्त बनाउने र खानेपानीका मुहान तथा पाइपसमेत क्षति पुर्याउने गरी भइरहेको उत्खनन तत्काल बन्द गर्नु पर्ने तरुण दलले माग राख्दै आएको छ ।
'अहिले हामीले गैरकानुनी कार्य बन्द गर्न माग गरिरहेका छौं', तरुणदलका जिल्ला अध्यक्ष टिका घर्तीले भने, 'सुनुवाइ भएन भने कडा आन्दोलनमा जान्छौँ । निर्णय, विधि, प्रक्रिया मिचेर सत्ताको आडमा पहाड उत्खनन गन दिँदैनौँ', उनले भने । तरुण दलकै सक्रियतामा टिपरहरु नियन्त्रणमा लिइएको घर्तीको भनाइ छ ।