एमसीसी स्वीकार गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

एमसीसी स्वीकार गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

बेंसीसहर : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहायता स्वीकार गर्नुपर्ने बताएका छन् । सदन सुरु भए लगत्तै एमसीसी कम्प्याक्ट अनुमोदन गरेर परियोजना अघि बढाउनुपर्ने उनले बताए ।

शनिबार लमजुङको भुलभुलेमा नेकपा मस्र्याङ्दी गाउँकमिटीका अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता गुरुङले एमसीसीपरियोजना इन्डो–प्यासिफिक वा कुनै सैन्य रणनीतिमा नजोडिएको दाबी गरे ।

‘एमसीसी २००२ देखी सुरु भएर ०४, ०८, ०११ हुँदै २०१७ मा अमेरिकी र नेपाल सरकारबीच सम्झौता भएको हो । यसले विद्युत र सडक विस्तारमा सहयोग हुन्छ’, उनले भने, ‘एमसीसी सहयोग लिँदा नेपाल सानो हुन्छ, हानी हुन्छ भन्नु वाइयात कुरा हुन् ।’ यो कुनै सैन्य गठबन्धनको कुरा नभएर विकाससँगको साँझेदारी मात्र भएको उनले बताए ।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालको विकासका लागि दिन लागेको ५० करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपाभित्र) तीव्र मतान्तर छ। 

३१२ किमि उच्च क्षमताको प्रसारण लाइनमार्फत सीमापार विद्युत् व्यापारमा योगदान गर्ने र करिब सय किलोमिटर सडक स्तरोन्नतिमा अमेरिकी सहयोग परिचालन गर्ने सम्झौता भए पनि उक्त अनुदान सहायता सम्झौता (एमसीसी कम्प्याक्ट) संसद्बाट अनुमोदन गर्ने÷नगर्ने विषयमा मतान्तर बढेका बेला नेता गुरुङले यस्तो बताएका हुन् ।

कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता गुरुङले नेकपाले अझै ३०÷३५ वर्ष ढुक्कले शासन चलाउने दाबी गरे । उनले नेकपा र नेकपाको सरकारनै राष्ट्रवादी र विकासवादी भएको बताए । 

नेकपाका केन्द्रीय सदस्य एवं नेकपा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले तलदेखि माथिसम्म नेतादेखि कार्यकर्तासम्म एक मनका साथ अघि बढ्नुपर्ने बताए । उनले फेरि हिजोका एमाले र माओवादी खोज्न थाले पार्टी एक ढिक्का भएर अघि बढ्न नसक्ने बताए । 

अर्का केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले तीनै तहमा पार्टी र सरकारबीच समन्वयमा काम हुनुपर्ने बताए । उनले अहिले नेकपाका लागि सुनौलो अवसर भएकाले यो बेलापनि जनताका आंकक्षा पुरा गर्नेगरी काम गर्न नसके सडकमा पुग्नुपर्ने अवस्था आउनसक्ने बताए । 

कार्यक्रममा गण्डकी प्रदेश सदस्य एंव नेकपा लमजुङका अध्यक्ष मधु अधिकारी, प्रदेश सभा सदस्य एवं नेकपा लमजुङका सचिव धनन्ज्य दवाडी, संविधान सभा सदस्य एवं नेकपा गण्डकी प्रदेश कमिटी सदस्य जमीन्द्रमान घले, गण्डकी प्रदेश कमिटी सदस्य बमबहादुर थापा, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुुन गुरुङले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेस र राप्रपा परित्याग गरी नेकपा प्रदेश गरेका दर्जनौ युवालाई स्वागत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.