लेखनदासलाई मालपोत कार्यालयमा प्रवेश निषेध !

लेखनदासलाई मालपोत कार्यालयमा प्रवेश निषेध !

परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले लेखापढी गर्ने व्यवसायी (लेखनदास)लाई मालपोत कार्यालय प्रवेशमा रोक लगाएको छ ।

कर्मचारी र लेखनदासको मिलेमतोमा आर्थिक लेनदेन हुने गरेको गुनासो बढेपछि प्रशासन कार्यालयले उनीहरुलाई मालपोत कार्यालयभित्र प्रवेशमा रोक लगाएको हो । लेखनदासहरु कार्यालयका फाँट÷फाँटमा पुगेर श्रेस्ता, मोठलगायत अभिलेख आफैँ रुजु गर्ने र केरमेट समेत गर्ने गरेको गुनासो समेत बढेको थियो ।

कामको बहाना लिएर फाँटमा पुग्ने लेखनदासहरुले छिटो काम गरेवापत कर्मचारीहरुलाई रकम दिनुपर्ने भन्दै सेवाग्राहीसँग रकम लिनेको गुनासो बढेपछि प्रशासनले सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको थियो ।

मालपोत कार्यालयका कर्मचारी, राजनीतिकदल, लेखापढी व्यवसायी सम्मिलित प्रशासनमा भएको बैठकले लेखनदासका कारण आर्थिक चलखेल बढेको गुनासो बढेपछि उनीहरुलाई कार्यालयभित्र जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बताए । 'तपाईँका कारण मालपोतमा आर्थिक चलखेल बढेको गुनासो बढेको छ । आलोचनाबाट टाढा रहन कार्यालयभित्र नगइ बाहिरबाटै सेवाग्राहीको कामलाई सहज बनाइदिन लेखापढी व्यवसायीहरुलाई भनिएको छ,' प्रजिअ मरासिनीले भने ।

बैठकपछि नेपाल लेखापढी कानुन व्यवसायी एसोसियशन जिल्ला समितिले सूचना निकालेर आफ्ना सदस्यलाई कार्यालयभित्र नजान र मोठ रोक्कालगायत अभिलेख नचलाउन निर्देशन गरेको छ ।

मालपोत कार्यालयमा लेखापढीको काम गर्ने ९० बढी व्यवसायी छन् ।  व्यवसायीहरु अहिले बाहिरबाटै कार्यालयमा पेश हुने कागजपत्र दुरुस्त बनाएर सेवाग्राहीलाई पठाउने गरेका छन् ।
लेखापढी व्यवसायीहरुका कारण फाँटहरुमा भिडभाड बढेर काम गर्न असहज हुँदै आएको थियो । उनीहरु नगएपछि अहिले फाँटहरुमा समेत सेवाग्राहीले सहज रुपमा काम गराउन पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.