टेनिस बलले क्रिकेट खेल्थे मालिंगा

टेनिस बलले  क्रिकेट खेल्थे मालिंगा

लासिथ मालिगां श्रीलंकाली किकेटर हुन्। उनी विश्वका ठूला क्रिकेटरमध्ये एक मानिन्छन्। उनी श्रीलंकामा सन् १९८३ मा जन्मिएका थिए। उनको वास्तविक नाम सिपारामाडु लसिथ मालिगांहो।

उनलाई आफ्नो सन्की स्वभावका कारण स्लिङ्गा मलिगां उपनाम दिइएको थियो। उनका अन्य उपनामहरू योर्कर किङ, कागावेना, माली, रथगामा एक्सप्रेस, लंका लायन हुन्। उनी अहिले टि ट्वान्टिको अन्तराष्ट्रिय कयाप्टेन हुन्। उनी दाहिने हाते फास्ट बलर हुन् भने ब्याटिङ पनि दाहिने हातले नै गर्ने गर्छन्।

उनी मध्यमवर्गिय परिवारमा जन्मिएका थिए। उनका बुबा एक रिटायर मेकानिक हुन्। सानो उमेरदेखि नै मालिगां क्रिकेटप्रति आकर्षित थिए। एघार वर्षको उमेरमा उनले क्रिकेट खेल्न सुरू गरेका हुन्। नदी किनारमा, नरिवलको रूखको छायाँमा साथीहरूसँग क्रिकेट खेल्थे। पैसाको अभावको कारण उनीहरू क्रिकेट खेल्नको लागि टेनिस बलको प्रयोग गर्थे। टेनिस बलले टप्पा लगाउन धेरै गाह्रो हुन्थ्यो। मालिंगाले हरेक पटक टप्पा लगाउने कोशिस गर्थे। त्यहिँ कोशिसबाट उनको खेलप्रति लगाव सुरू भयो। यही कारणले उनी तीब्र र घातक बलर बने।

एकदिन स्कुलमा क्रिकेट खेल्दै गर्दा चम्पक रामनाइबले देखे। मालिंगालाई देख्ने बित्तिकै रामनाइबले उनको प्रतिभा थाहा पाए। उनले नै मलिगांलाई श्रीलंकाको क्रिकेट फाउण्डेसनमा सामेल गराए। त्यसपछि आफ्नो प्रतिभा तथा घातक प्रदर्शनले घरेलु क्रिकेटमा पनि सामेल भए।

सन् २००४ मा अष्ट्रेलिया खेलको लागि छानिए। त्यतिबेला उनले डेरेन लेहमन र एडम गिलक्रिस्टको समेत विकेट लिए। यहिबाट उनको अन्तराष्ट्रि क्रिकेट करियर र टेस्ट म्याचको यात्रा सुरू भयो। टेस्ट म्याचको पन्ध्र दिनपछि उनी अमेरिका विरुद्धको एक दिवसिय म्याच खेल्न सुरू गरे। त्यहि बेलादेखि उनको एक दिवसिय क्रिकेटको पनि सुरूवात भयो। श्रीलंकन टिममा त्यति बेलादेखि उनी निरन्तर खेल्दै आइरहेका छन्। टि ट्वान्टी भने सन् २००६ बाट खेल्न सुरू गरेका थिए।

उनको सर्व श्रेष्ठ खेलले श्रीलंकन सिरीजमा जीत दिलाउन मद्दत गर्याे। त्यतिबेला उनी न्युजिल्याण्ड विरुद्ध नौ विकेट लिएका थिए। अर्काे सर्व श्रेष्ठ प्रदर्शन सन् २००७ को विश्वकपमा थियो। उनी एकदिवसिय खेलमा चार विकेट लिने पहिलो व्यकि बनेका थिए।

विस्तारै उनले आफ्नो खेलको गती बढाउँदै गए। सन् २०११ को विश्वकपमा उनले चार बलमा चार विकेट लिए। त्यतिबेला सर विवियन रिचर्डसले मालिगांअरविन्द डी सील्वा पछिका श्रीलकंन महान क्रिकेटर हुन् भनेका थिए। रिचर्डस वेस्ट इण्डिजका रिटायर क्रिकेटर हुन्।

२००८ मा मालिंगाको घुडाँको सर्जरी भयो। त्यसपछि उनी लामो समयसम्म क्रिकेटबाट बाहिर बस्नुपर्याे। फर्केर क्रिकेटमा आउँ उनले आफ्नो क्षमता गुमाइसकेका थिए। पहिलेकै स्थानमा आउन उनलाई धेरै परिश्रम गर्नुपर्याे। अन्ततः उनी फेरी घातक बलर नै बनेर फर्किए।

उनलाई मुम्बई इण्डियनले तीन लाख ५० हजार अमेरिकी डलरमा किनेको थियो। सन् २०११ को क्रिकेटपछि टेस्ट क्रिकेटबाट उनले सन्यास लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.