मोटोपनालाई भगाऊँ है

मोटोपनालाई भगाऊँ है

भाइबहिनी हो, तिमीहरूलाई थाहा छ आज संसारभरिका बालबालिकामा मोटोपना ठूलो समस्या बन्दै गइरहेको छ। कतै तिमीहरूलाई पनि यसले छोएको त छैन ? छ भने समयमै ध्यान पुर्‍याउनु है।

बालबालिकाका लागि मोटोपना निकै हानिकारक हुन्छ। यसले धेरै समस्याहरूसँगै जटिल रोगहरू पनि निम्त्याउन सक्छ। मोटोपना आउनुको एउटा मुख्य कारण हो, क्यालोरी सेवन र ऊर्जा खर्चबीच सन्तुलन नहुनु। सामान्यतः कुनै व्यक्तिको उमेर र उचाइभन्दा २० प्रतिशत बढी तौल देखिएमा मोटोपनाले छोएको मानिन्छ।

बालबालिका दिनप्रतिदिन मोटोपनाको सिकार किन बन्दै छन् त ? यो जिज्ञासा अमेजन क्षेत्रका बालबालिकामाथि हालै गरिएको एक अनुसन्धानले मेटाएको छ। यस अनुसन्धानको रिपोर्ट साइन्स एड्भान्समा प्रकाशित छ। उक्त अनुसन्धानले पनि मोटोपना हुनुको एउटै कारण क्यालोरीको बढी प्रयोग र ऊर्जाको कम खर्च नै भएको निष्कर्ष निकालेको छ। यसै कारण उत्तर अमेरिका र बेलायतका बालबालिका पनि मोटोपनाको सिकार बनेका तथ्य सार्वजनिक भएको छ।

के कारणले बढ्छ मोटोपना ?

१. जति क्यालोरी प्रयोग गरिन्छ त्यति ऊर्जा खर्च नगर्नाले

२. चिल्लो पिरो धेरै खानाले

३. हर्मोनल समस्याका कारणले

४. नियमित व्यायाम नगर्नाले

५. अस्वस्थ खानेकुरा खानाले

६. वंशाणुगत गुणका कारण

मोटोपनाले के गर्छ ?

१. अल्छी बनाउँछ

२. डायबिटिज, बाथ तथा मुटुसम्बन्धी रोगको सिकार बनाउँछ

३. रक्तचाप बढाउन सक्छ

मोटोपनाबाट बच्न के गर्ने ?

१. आफ्नो बानीव्यवहार सुधार्ने

२. नियमित रूपमा शारीरिक व्यायाम गर्ने

३. धेरै चिल्लो नखाने

४. मैदायुक्त खाना कम खाने

५. ठिक्क मात्रामा पोषणयुक्त खानेकुरा खाने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.