ध्वनीभन्दा २० गुण छिटो उड्ने क्षेप्यास्त्र जडान

ध्वनीभन्दा २० गुण छिटो उड्ने क्षेप्यास्त्र जडान

काठमाडौं : रुसले ध्वनीभन्दा २० गुणा छिटो उड्ने हाइपर सोनिक अभानर्गाड क्षेप्यास्त्रहरु जडान गरेको छ । ती क्षेप्यास्त्रहरु जडान गरिएको स्थानबारे केही बताइएको भने छैन् । तर अधिकारीले यसअघि नै पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने संकेत दिएको थियो । 

राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरुले रुसलाई अन्य राष्ट्रभन्दा अगाडी पुर्‍याएको छ । ती क्षेप्यास्त्रहरुमा 'ग्लाइड' प्रणली राखिएकोले प्रहार गर्न सहज बनाएको छ । यसका साथै त्यसलाई भेद गर्न असंभव हुने दाबी गरिएको छ । 

डिसेम्बर २७, १० बजे ती क्षेप्यास्त्रहरु तैनाथ गरिएको थियो, जुन धेरै महत्वपुर्ण थियो, रक्षामन्त्री सेर्गेइ सोइगुले भने । पुटिनले मंगलबार अभानर्गाड प्रणलीलाई अहिले भएका सबै जस्ता क्षेप्यास्त्र प्रतिरक्षा प्रणलीहरुलाई भेदन गर्न सक्ने बताए । 

अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैन्, क्षेप्यास्त्रको के कुरा, उनले भनेका थिए ।

पश्चिममा र अन्य राष्ट्रहरु रुसको पछि नै रहेको उनले दाबी गरे । सन् २०१८, मार्चमा पुटिनले आभानगार्डलाई सार्वजनिक गरेका थिए । सन् २०१८ को डिसेम्बरमा सो क्षेप्यास्त्रले परीक्षणमा ६ हजार किलो मिटर परको लक्ष्यलाई प्रहार गरेको थियो । 

अन्तर महादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभान गार्डले दुई मेगाटन सम्मको परमाणु अस्त्र बोक्न सक्छ । रुसको रक्षा मन्त्रालयले अभान र्गाड प्रणलीको भिडियो सार्वजनिक गरेता पनि अस्त्र विज्ञहरुले हतियारको प्रभावकारिता माथि प्रश्न उठाएको छ । 

अमेरिकी रक्षा मन्त्रालयले रुसी दाबी माथि नबोल्ने बताएको एक विज्ञप्तिमा उल्लेख छ । सन् २०१४ मा अमेरिकामा परिक्षण गरेको दाबी गरेको चीनसँग हाइपरसोनिक क्षप्यास्त्र कार्यक्रम रहेको छ। 

सन् २०१० को न्यू स्टार्ट सन्धि अन्तर्गत नोभेम्बर २६ मा रुसले अमेरिकी विज्ञलाई अभान गार्डलाई निरीक्षण गर्न दिएको थियो । अमेरिका र रुस बिच आणविक हतियारसम्बन्धी बाँकी रहेको परमाणु क्षेप्यास्त्र प्रणलीको संख्या घटाउने यो सन्धि सन् २०२१ फेब्रुअरीमा अन्त्य हुँदैछ । 

अहिलेका लागि रुस हाइपरसोनिक अस्त्र प्रणलीमा अग्रणी देखिएको छ । चीनले पनि यस्तो प्रणली विकास गरिरहेको छ भने अमेरिका पछाडि परेको देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.