एपीएफलाई हराउँदै भलिबलको उपाधि सुर्खेतको पोल्टामा

एपीएफलाई हराउँदै भलिबलको उपाधि सुर्खेतको पोल्टामा

जाजरकोट : रमाइलो मेला तथा जाजरकोट सांस्कृतिक महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधि सुर्खेतको चुली युवा क्लबले हात पारेको छ। जाजरकोटस्थित सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको हो।

खलंगाको थाप्लेचौर खेल मैदानमा वेस्ट अफ फाईभमा खेलाइएको फाइनल खेलमा ३-१ ले सुर्खेतले जित निकालेको हो। २५-१७, २५-१७, १९-२५ र २५-१८ को सेटमा एपीएफ पराजित भएको आयोजकले जनाएको छ। जितसँगै सुर्खेतले एक लाख पचास हजार रुपैयाँ, द्धितिय भएको एपीएफले नगद एक लाख हात पारेको छ। भलिबल प्रतियोगितामा तृतिय भएको नेपाली सेनाको ज्वालादल गणले ५० हजार रुपैयाँ पाएको छ।

सात टिमको सहभागीता रहेको भलिबल प्रतियोगिता लिक कम नकआउटको नियम अनुसार खेलाइएको रेफ्री मनोज शाहले बताए। भलिबल प्रतियोगितामा स्थानीय क्लब, विभिन्न पालिका, नेपाल आर्मी, एपीएफ र छिमेकी जिल्लाका टिमहरु सहभागी रहेका थिए। गत १२ पुस गते देखी भएको खेलको फाइनल खेल बुधवार भएकोे हो। जाजरकोटमा अहिलेसम्म आयोजना गरिएका खेल मध्य प्रतियोगिता सर्वाधिक राशीको पुरस्कार हो। रमाइलो मेला तथा जाजरकोट सांस्कृतिक महोत्सवको मुख्य आकर्षण भलिबल खेल पनि रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.