प्रदेश २ : भ्रमण वर्षमा पर्यटकको निशुल्क उपचार

प्रदेश २ : भ्रमण वर्षमा पर्यटकको निशुल्क उपचार

जनकपुरधाम :  प्रदेश २ मा भ्रमण वर्ष २०२० को आरम्भ भव्यताका साथ गरिएको छ । जानकी मन्दिरमा बेलुन उडाएर दिपावली मनाउँदै भ्रमण वर्षको सुरुवात गरिएको हो । यसअघि काठमाडौंबाट जनकपुर आएका पाहुनालाई जनकपुर विमानस्थलमा फूलको माला लगाउँदै स्वागत गरिएको थियो । 

भ्रमण वर्षको पहिलो दिन जनकपुर आएका पाहुनालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश २ का सचिव डाक्टर प्रेम नारायण कंडेलले स्वागत गरे । 

भ्रमण वर्ष प्रदेश २ समन्वय समितिले जनकपुरको दुधमती पोखरी किनारमा वृक्षारोपण गर्दै पाहुनालाई स्वागत गरेको छ ।

प्रदेश २ का आठै जिल्लाका सदरमुकाममा भ्रमण वर्षलाई केन्द्रित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको प्रदेश समन्वय समितिका संयोजक मनीष झाले बताए । 

पर्यटकको निशुल्क उपचारको घोषणा

वीरगन्जमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटलले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटकहरु बिरामी परे निशुल्क औषधी उपचार गरिदिने घोषणा गरेको छ । 

अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी पर्यटकहरु कुनै कारणले बिरामी परे उनीहरुको निशुल्क औषधी उपचार गरिने जानकारी गराएको हो । 

अस्पतालका अध्यक्ष डाक्टर अबुल हैस अन्सारीले २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्रदेश २ मा पनि सफल पार्न अस्पतालले यो वर्षमा घुम्न आउने पर्यटकको निशुल्क उपचार गरिदिने योजना ल्याएको जानकारी गराए । 

भ्रमण वर्ष २०२० भरी पर्यटक भिसामा नेपाल घुम्न आउने विदेशी पर्यटकको आकस्मिक उपचार खर्च सबै निशुल्क गरिने जानकारी दिँदै डाक्टर अन्सारीले भने ,‘ पहिलो कुरा त हामी कहाँ आउने पाहुना सकेसम्म बिरामी नै नहोऊन् भन्ने कामना गर्छौँ , यदि अचानक बिरामी भइहालेमा अस्पतालले उपचार खर्च सबै निशुल्क गरिदिन्छ ।' 

घुम्न आउने विदेशी पर्यटकको निशुल्क उपचार गरिदिने अस्पतालको यो योजनाले भ्रमण वर्षको प्रवर्धनमा थोरै भए पनि योगदान पुर्‍याउने विश्वास आफुले लिएको अध्यक्ष अन्सारीले बताए । 

सिरहामा पर्यटकलाई स्वागत

भ्रमण वर्ष २०२० को पहिलो दिनमा सिरहाका भारतीय सीमाहरुमा पर्यटकलाई स्वागत गरिएको छ । उनीहरुलाई माला र खादासहित स्वागत गरिएको हो । 

माडर नाकामा भ्रमण वर्ष २०२० का सिरहा जिल्ला समन्वय समितिको संयोजक अशोक अमात्य, बरियारपट्टी नाकामा भ्रमण वर्ष प्रदेश २ का सदस्य मागैन कामैत र अर्का सदस्य राकेश गुप्ता रोशनले ठाडीमा नाकामा भारतीय पर्यटकलाई स्वागत गरेका थिए । 

भ्रमणमा आउनेलाई यहाँका पर्यटकीय स्थलबारे पनि जानकारी गराइएको जिल्ला संयोजक अमात्यले जानकारी गराए । उद्घाटनको एकदिन अघि मंगलबार लहान नगरपालिकामा दिपावली मनाइएको थियो । पर्यटकलाई प्रत्येक शुक्रबार होटलमा भ्रमण वर्ष अवधिभर १० प्रतिशत छुट दिइने योजना बनाएको अमात्यले जानकारी दिए ।  

पाहुँनाका लागि लोक नृत्य

भ्रमण वर्ष २०२० अवसरमा बुधबार बिहान महोत्तरीको बर्दिबासमा प्रभात फेरी निकालियो । बिहान १० बजे भ्रमण वर्ष २०२० को जिल्ला समन्वय समिति महोत्तरी सहितका सरोकारवलाले भारतबाट नेपाल आउने पर्यकटहरुलाई सीमा नाका भिठ्ठामोडमा स्वागत सम्मान गरेका थिए । 

महोत्तरी आएका पर्यटकहरुलाई होटल पुगेपछि पाहुनाको रुपमा फूलमाला, अविर, खादा लगाएर भित्र्याइएको थियो । साँझ भ्रमण वर्षको खुशियालीमा बर्दिबास चोकमा मैनबत्ति प्रज्वलन गरी दिपावली मनाइएको होटल तथा पर्यटन व्यवसायी प्रदेश २ का अध्यक्ष हिरा गौतमले बताए । साँझ होटलमा आएका पर्यटकहरु बर्दिबास सेवा समितिको हलमा मैथिली लोक नाच झिझियाँ नाच सहितको साँस्कृतिक कार्यक्रममा पर्यटकहरु रमाएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.