रारा किनार : हिउँमाथि भ्रमण वर्षको उद्‍घाटन

रारा किनार : हिउँमाथि भ्रमण वर्षको उद्‍घाटन

मुगु : रारामा २० हजार बाह्‍य पर्यटक भित्र्याउने उदेश्यका साथ नेपाल भ्रमण वर्ष २०२० रारातालको किनारमा रहेको मिली चौरको हिउँमाथि विभिन्न कार्यक्रमका साथ सुरु गरिएको छ। कर्णाली प्रदेशको मुख्य पर्यटकिय सम्भावना बोकेको देशकै ठुलो ताल रारामा भम्रण वर्ष अवधीमा बाह्य पर्यटक मात्र २० हजार भित्र्याउने सरोकारवालहरुको लक्ष्य राखेको हो।

जमेको हिउँमाथि आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर रोकाया छायाँनाथ रारा नगरपालकिाका प्रमुख हरिजंग शाहीले उदघाटन गरे। कार्यक्रममा रारालाई विश्वमा चिनाउन भ्रमण वर्ष अवधीभर २० हजार बाह्य पर्यटक भित्राउने लक्ष्य लिएको बताए।

छायाँनाथ रारा नगरपालीका प्रमुख हरिजंङ्ग शाहीले नेपाल भ्रमण वर्षले हरेक नेपाली आआफ्नो क्षेत्रबाट सुरुवाती गरी नेपाल सरकारको लक्ष्यलाई साकार पार्नुपर्ने बताए।

मुगुमा रारा मात्रै छैन् अन्य धेरै धार्मिक तथा प्राकृतिक, पर्यटकिय स्थल साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरु छन्। त्यस्ता सम्पदालाई प्रचारप्रसार गरी पर्यटन  भित्र्याउन सबैले आफनो आफनो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरे। 

जिल्ला समन्वय समितका प्रमुख पुर्ण बहादुर रोकायाले रारामा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए। सरकारको लक्ष्य २० लाख पर्यटक भित्र्याउने र नेपालको अर्थतन्त्र मजबुद बनाउने उदेश्य रहेको बताए। 

त्यस्तै छायाँनाथ रारा नगरपालीकाले ‘रारा जाउँ अभियान’ सञ्चालन गर्ने भएको छ। नेपाल भ्रमण वर्षको अवधिमा देशका ठुला सहरमा राराको बारेमा वृत्तचित्र प्रर्दशन गरी राराको बारेमा जानकारी दिने नगर प्रमुख शाहीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.