गुम्बा डाँडाबाट प्याराग्लाइडिङ

गुम्बा डाँडाबाट प्याराग्लाइडिङ

इन्द्रसरोबर : प्रदेश ३ सरकारले प्याराग्लाइडिङमार्फत पर्यटन वर्ष २०२० को स्वागत गरेको छ। मकवानपुरको इन्द्रसरोबरमा प्याराग्लाइडिङको सफल परीक्षण उडान गरी मंगलबार अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरिएको हो। इन्द्रसरोबरको गुम्बा डाँडाबाट सफल उडान गर्ने प्यराग्लाइडर इन्द्रसरोबरका विशाल लामा र पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वतातवरणमन्त्री अरुण नेपालले माला लगाएर स्वागत गरे।

इन्द्रसरोबर किनारबाट करिब पाँचसय मिटर उचाइमा रहेको गुम्बा डाँडाबाट प्याराग्लाइडिङ उडान गरिएको हो। प्याराग्लाइडर विशाला लामाका अनुसार करिब आधा घण्टा आकाशमा उडेर यस क्षेत्रका मनोरम दृष्यावलोकन गर्न सकिन्छ। इन्द्रसरोबर प्रदेश ३ सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को उत्कृष्ट पर्यटकीय गन्तव्य हो। इन्द्रसरोबर बीच तालमा रहेको टापुमा हिन्दू र बौद्ध धर्मावलम्बीको धार्मिक गन्तव्य निर्माण गर्न प्रदेश सरकारको योजना छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपालले पोखरापछिको उत्कृष्ट गन्तव्य इन्द्रसरोबर बनाउन मन्त्रालयले योजनाबद्ध काम गरिरहेको बताए।

आवश्यक प्रक्रिया पूरा गरेर प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले बताइन्। राजधानीबाट नजिक रहेको यस ठाउँमा कम्तीमा २ दिन घुम्न र रमाइलो गर्न सक्ने पूर्वाधार विकास गरिने उनको भनाइ छ।

एक सातामा करिब २ हजार आन्तरिक र बाह्य पर्यटकले इन्द्रसरोबर तालमा डुंगा चढेर रमाउने गरेको इन्द्रसरोबर गाउँपालिकाको तथ्यांक छ। पर्यटन वर्षलाई लक्ष्य गरी यस क्षेत्रमा एक दर्जन नयाँ होटल पनि थपिएको छ। इन्द्रसोबरसँगै यस क्षेत्रमा रहेको चित्लाङ र दामन मकवानपुरको प्रमुख पर्यटन गन्तव्य हो। काठमाडौंबाट करिब दुई घण्टाको मोटरबाटोमा पुगिने इन्द्रसरोबरलाई जिल्ला समन्वय समिति मकवानपुरले पनि पर्यटन वर्ष २०२० का लागि जिल्लाको पहिलो पर्यटकीय छनोट गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.