आद्योगिक व्यापार महोत्सव

आद्योगिक व्यापार महोत्सव

भद्रपुर : झापाको पूर्वी सीमा धुलाबारीमा चलिराखेको औद्योगिक व्यापार महोत्सवमा कोदोको पिठो मुख्य आकर्षक बनेको छ। महोत्सवमा आउनेको ध्यान कोदोको पिठोले तानेको छ। ‘स्वास्थ्यका दृष्टिकोणले राम्रो र स्वादिलो पनि छ’, महोत्सवमा आएकी स्थानीय सरु प्रसाईले भनिन्, ‘धन्न, मेलाको पहिलो दिनमै लगिहालिएछ। मेलाको छैटौं दिनमा आउँदा त सकिएको जानकारी पाइयो।’

९ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा कोदोको पिठो र जौंको सातुले मेलामा आउने दर्शकको मन तानेको छ। महोत्सवस्थलमा छिर्ने जो कोही पनि जौंको सातु, कोदाको पिठो र मार्सी चामलतिर बढी आकर्षित भएको महोत्सव आयोजक मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए। उनले भने, ‘व्यवसायीले मेलाभरिमा बिक्ला भन्ने आस गरेर ल्याएको कोदाको पिठो र जौंको सातु तीन दिनमै बिकेछ।’

जुम्लाको चिसो हिमाली हावापानीमा उत्पादन हुने कोदो, जौं र मार्सी धानको चर्चा देशभरि छ। गत वर्ष महोत्सवमा मार्सी चामल अत्यधिक बिक्री भएको बताउने व्यापारी यो वर्ष मार्सी चामलको बिक्री दर घटेको बताउँछन्। गत वर्ष झापाकै बिर्तामोडमा सञ्चालित औद्योगिक व्यापार मेलामा चार पटकसम्म पाँच, पाँच देशको राजनितीसँग जोडिएको मार्सी चामल चाख्ने कौतुहल अत्यधिक थियो।

‘पोहोरको जस्तै बिक्ला भनेर यसपालि पाँच क्विन्टल मार्सी ल्याएकी थिएँ, सोचेजस्तो बिक्री भएन’, व्यवसायी गंगादेवी राउतले बताइन्। ‘मेलाको सातौँ दिनसम्म जम्मा सय किलो मात्र मार्सी चामल बिक्री भयो’, उनले भनिन्, ‘मार्सीको लोकप्रियता घटेछ। अहिले त मान्छे कोदोको पिठो नै सोध्छन् सुरुमै।’

महोत्सव अवधिभर बिक्री होला भनेर ल्याएको कोदाको पिठो ३ दिनमै सकिँदा राउत छक्कै परिन्। राउतले कोदोको पिठो प्रतिकेजी एक सय ५० रुपैयाँ, जौंको सातु प्रतिकेजी सय रुपैयाँमा बिक्री भएको बताइन्। त्यसैगरी महोत्सवमा हिमाली कृषि उद्योग जुम्लाले जुम्लामै उद्योग सञ्चालन गरेर प्याकेजिङ गर्दै आएको स्याउको सुकुटी, जिम्मु, सिमी, फापरको पिठो, जौंको सातु, सिस्नो, ओखर, स्याउको वाइन स्टलमा राखेको छ।

महोत्सवमा कृषि सामग्री खरिद, कृषि उत्पादनका सम्बन्धमा जानकारी लिन आउनेको संख्या बढ्दो रहेको मेलाका कृषि प्रवद्र्धन उपसमिति संयोजक रविचन्द्र नेपालले जानकारी दिए। मेलामा जुम्लाबाट आएको कोदोको पिठो, जौंको सातु, चिया, अलैंचीलगायत वस्तुमा मेला अवलोकन गर्न आउनेको भीड लाग्ने गरेको नेपालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.