सडकमा बम : रातभर सुरक्षा, बिहान डिस्पोज
जाजरकोट : जाजरकोट सदरमुकाम खलंगास्थित थाप्ले जाने सडकमा बुधबार करिब राती ८ बजे बम राखिएको हल्ला क्षणभरमै बजारभरी फैलियो। त्रसित स्थानीयले तत्काल सुरक्षाकर्मीलाई खबर गरे।
तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बम राखिएको ठाउँमा आइपुग्यो। रातभर सुरक्षा दिएर बिहिबार विहान मात्र नेपाली सेनाको बम डिस्पोजल टिमले बम निस्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। उनले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले त्रास फैलाउन बम राखेको आशंका गरेका छन्। दुध बोक्ने किट्लीमा दुई वटा डिटोनेटर राखेर बनाइएको इम्प्रोभाईट बम (किट्ली बम) रहेको प्रहरीले जनाएको छ।