माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

डोल्पा : डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यू भएको छ। डोल्पा ठुलीभेरी नगरपालिका वडा - ५ हुँ गाँउकी २३ वर्षीया जुना बुढा बोहोराको माटो ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।

घर पोत्ने माटो खन्नेक्रममा बुधबार दिउँसो सवा चार बजेतिर माटोको ढिस्कोले उनको मृत्यु भएको हो। पुरिएको जानकारी माझफाल प्रहरी चौकीले पाए लगत्तै प्रहरीको टोली र स्थानीयको सहयोगमा जुनाको उद्धार गरे पनि बचाउन नसकिएको उनका श्रीमान शम्शेर बुढाले बताए। समयमै उद्धार गर्न नसक्दा श्रीमती गुमाउनु परेको उनले बताए।

शव बुधबार बेलुका ८ बजे निकालिएकाले कानुनी प्रकिया पूरा गरेर बिहीबार बिहान परिवारलाई जिम्मा लगाएको प्रहरी नायव उपरीक्षक रञ्जितकारले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.